सेरेस र हुवावेद्वारा स्थापित ‘एइटो’ बन्याे चीनको टप ‘न्यु फोर्स’ कम्पनी, ८२४% बढी बिक्री

टेक जायन्ट हुवावे र चीनको प्रसिद्ध इलेक्ट्रिक कार निर्माता कम्पनी सेरेसको हार्मोनी इन्टेलिजेन्ट मोबिलिटी एलायन्समा रहेको चाइनिज ईभी ब्रान्ड एइटो (AITO) ले सन् २०२४ को पहिलो तीन महिनामा उल्लेखनिय उपलब्धि हासिल गरेको छ ।

मार्च महिनामा एइटोका ३१ हजार ७२७ युनिट गाडी बिक्री भए । यो भन्दा पहिले जनवरीमा ३२ हजार ९७३ र फेब्रुअरीमा २१ हजार १४२ युनिट बिक्री भएका थिए । यस अनुसार तीन महिनामा समग्रमा ८५ हजार ८४२ युनिट गाडी बिक्री भएका छन् ।

मार्च महिनामा अघिल्लो महिनाको तुलनामा बढी सवारी साधन डेलिभरी भएका छन् । ती मध्ये एइटोको एम७ मोडल सबैभन्दा बढी अर्थात २४ हजार ५९८ युनिट बिक्री भएका छन् । त्यसैगरी गत वर्षको पहिलो तीन महिनाको तुलनामा यो वर्षको तीन महिनामा एकैपटक ८२४ प्रतिशत बढी यो ब्रान्डका सवारी साधन बिक्री भएका छन् । यो समग्र अटोमोटिभ ब्रान्डमै एक रेकर्ड हो ।

यस अनुसार चीनका ‘न्यु फोर्स’ अटोमोटिभ निर्माता कम्पनीहरुमा सबैभन्दा टपमा एइटो ब्रान्ड पर्न सफल भएको छ ।

हुवावे र सेरेस ब्रान्डले संयुक्त रुपमा एइटो ब्रान्ड सन् २०२१ डिसेम्बरमा स्थापना गरेका थिए । हाल एइटोले एम५, एम७ र एम९ मोडल उत्पादन गर्दै आएको छ । यस अन्तर्गत रेन्ज एक्सटेन्डर हाइब्रिड र प्योर इलेक्ट्रिक भर्सनमा सवारी साधन उपलब्ध छन् ।

अटोमोटिभ इन्डष्ट्रीमा न्यु फोर्स भन्नाले परम्परागत कार निर्माता कम्पनी वाहेक नयाँ स्थापित कार निर्माता कम्पनी मानिन्छ । यद्यपि धेरै कार बिक्री गर्ने भएर पनि बीवाईडीलाई भने यो समूहमा राखिएको छैन ।

यस अनुसार चीनको न्यु फोर्स अटोमोटिभ ब्रान्डमा एइटोका साथै नियो, एक्सपेङ, लि अटो र लिप मोटर समेत पर्छन् । यी कम्पनीहरुले प्रत्येक महिनाको पहिलो दिन अघिल्लो महिनाको बिक्री तथ्यांक समेत सार्वजनिक गर्छन् ।

सम्बन्धित समाचारहरू

ओलाले आफ्नो पहिलो इलेक्ट्रिक बाइक सन् २०२६ मा लन्च गर्ने

ओलाले आफ्नो पहिलो इलेक्ट्रिक बाइक सन् २०२६ मा लन्च गर्ने

ओलाले आफ्नो पहिलो इलेक्ट्रिक मोटरसाइकल लन्च गर्ने तयारी गरिरहेको छ ।...

हाइड्रोजन इन्धन उत्पादनमा सक्रियता : प्लान्ट तयारीका लागि छलफल

हाइड्रोजन इन्धन उत्पादनमा सक्रियता : प्लान्ट तयारीका लागि छलफल

काठमाडौं- अर्थमन्त्रालयमा हाइड्रोजन इन्धन उत्पादनको संभाव्यताबारे छलफल...

डोङफेङ भोयाद्वारा ‘ताइशान एक्स८’ एसयुभी सार्बजनिक

डोङफेङ भोयाद्वारा ‘ताइशान एक्स८’ एसयुभी सार्बजनिक

डोङफेङ भोयाले नयाँ ’ताइशान एक्स८’ सार्वजनिक गरेको छ । जुन पाँच सिट क्षमता...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...