हाइड्रो एक्स्पोको अवसरमा गरियो ईभी -याली

काठमाडौं – चौंथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु भएको छ । सो अवसरमा विद्युतीय सवारी साधनको ¥याली अर्थात ईभी -याली आयोजना गरिएको छ । सो अवसरमा विभिन्न कम्पनीका विद्युतीय सवारी ¥यालीमा सहभागी भएका थिए ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान) ले आयोजनामा गरेको एक्स्पोका अवसरमा सो -याली आयोजना गरिएको हो । विद्युत खपत बढाउन र पेट्रोलियम आयात प्रतिस्थापन गर्न विद्युतीय सवारी प्रवर्द्धन गर्ने उद्देश्यले बिहान ६.३० देखि ८ बजेसम्म ईभी -याली गरिएको हो । -यालीको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गरे ।

हाइड्रो एक्स्पोको सुरुवात अघि भएको -याली कमलादीको स्काई वाक टावरबाट सुरु भई सिंहदरबार, बानेश्वर, सातदोबाटो, एकान्तकुना, पुल्चोक, त्रिपुरेश्वर, नारायणहिटी हुँदै भृकुटी मण्डपमा गएर समापन भएको थियो । -यालीले २६ किलोमिटरको यात्रा तय गरेको थियो ।

-यालीमा ३ सयभन्दा बढी विद्युतीय सवारी सहभागी थिए । एक्स्पो बैशाख १४ गतेसम्म चल्नेछ । एक्स्पोमा १ सय भन्दा बढी स्टलहरू प्रदर्शनीमा राखिएको छ । एक्स्पोको ५० हजार बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।

सम्बन्धित समाचारहरू

एमजी जेडएस ईभीले अब फुल चार्जमा ४३९ किलोमिटर रेन्ज दिने

एमजी जेडएस ईभीले अब फुल चार्जमा ४३९ किलोमिटर रेन्ज दिने

एमजी मोटरले जेडएस ईभीको फेसलिफ्ट युरोपेली बजारमा सार्वजनिक गरेको छ ।...

धेरै टाढा छैन विद्युतीय ट्याक्सी प्रयोग गर्न र कार भाडामा लिन पाइने दिन

धेरै टाढा छैन विद्युतीय ट्याक्सी प्रयोग गर्न र कार भाडामा लिन पाइने दिन

वाग्मती प्रदेश र विशेष गरी काठमाडौं उपत्यकामा विद्युतीय ट्याक्सीका साथै...

सरकारले विश्वका १० ठूला विद्युतीय कार उत्पादक कम्पनीलाई नेपाल ल्याउने

सरकारले विश्वका १० ठूला विद्युतीय कार उत्पादक कम्पनीलाई नेपाल ल्याउने

काठमाडौं – सरकारले विश्वका १० ठूला विद्युतीय कार उत्पादक कम्पनीलाई नेपाल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...