नयाँ स्विफ्टलाई जापान एनक्यापमा ४ स्टार सेफ्टि रेटिङ

काठमाडौं– चौथो पुस्ताको सुजुकी स्विफ्टलाई जापान एनक्यापले ४–स्टार सेफ्टी रेटिङ प्रदान गरेको छ । यो प्रतिवेदन भारतमा नयाँ स्विफ्ट लन्च हुनुभन्दा केही साता अगाडि सार्वजनिक गरिएको हो ।

उक्त परीक्षणमा, नयाँ स्विफ्टले १९७ मध्ये १७७.८ अंक प्राप्त गरेको हो । जापानी बजारमा बिक्री हुने टप स्पेक स्विफ्टमा एडिएएस, एडप्टिभ क्रूज कन्ट्रोल, अटोनोमस इमर्जेन्सि ब्रेकिङ र लेन डिपार्चर प्रिभेन्सन लगायत फिचर उपलब्ध छ ।

नयाँ स्विफ्टले अकुपेन्ट प्रोटेक्सनका लागि १०० मध्ये ८१.१ अंक प्राप्त गरेको छ । कारलाई ५५ किलोमिटर प्रतिघन्टाको गतिमा पूर्ण फ्रन्टल परीक्षण, ६४ किमीलोमिटर प्रतिघन्टाको गतिमा फ्रन्टल अफसेट परीक्षण, ५५ किलोमिटर प्रतिघन्टाको गतिमा साइड इम्पेक्ट टेस्ट र पछाडिको टक्कर परीक्षण गरिएको थियो ।

कारले पैदल यात्रुको टाउकोको सुरक्षाका लागि ४ मध्ये २.७ अंक, यात्रुको सिट बेल्ट रिमाइन्डरका लागि ३.६ अंकमा २.८ अंक प्राप्त ग¥यो र पैदल यात्रुको खुट्टाको सुरक्षा र यसको आपतकालीन कल प्रणालीका लागि पूर्ण स्कोर प्राप्त गरेको हो ।

सम्बन्धित समाचारहरू

सुजुकी अर्टिगा अब टोयोटा अर्टिगा बन्ने, अगस्तमा लन्च हुने

सुजुकी अर्टिगा अब टोयोटा अर्टिगा बन्ने, अगस्तमा लन्च हुने

हाल मारुती सुजुकीले बिक्री गरिरहेको मल्टी परपोज भेइकल (एमपीभी) अर्टिगा अब...

इभीको चर्चाले ओझेलमा पर्दै कम्वसन कार, यी नयाँ कारमा छैन ग्राहकको आकर्षण

इभीको चर्चाले ओझेलमा पर्दै कम्वसन कार, यी नयाँ कारमा छैन ग्राहकको आकर्षण

इलेक्ट्रिक कारको वढ्दो लोकप्रियताले कम्वसन इन्जिनयुक्त नयाँ कार ओझेलमा...

बन्द हुने भयो मारुतीको सेडान कार ‘सियाज’, यस्तो छ कारण

बन्द हुने भयो मारुतीको सेडान कार ‘सियाज’, यस्तो छ कारण

मारुती सुजुकीले आफ्नो मिड साइज सेगमेन्टको सेडान कार ‘सियाज’को उत्पादन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...