भारतमा नयाँ स्विफ्टको बुकिङ खुला, कहिले आउँला नेपाल ?

मारुती सुजुकीको सर्बाधिक सफल ह्याचब्याक कार स्विफ्ट नयाँ अबतारमा आउँदै छ । भारतीय बजारमा अर्को महिना लन्च हुने अपेक्षा गरिएको सो कारको बुकिङ खुला गरिएको हो । नेपाली बजारमा समेत लोकप्रिय बनेको सो कारको नयाँ अबतार भारतमा लन्च भए लगत्तै आउने अनुमान गर्न सकिन्छ ।

चौथो पुस्ताको स्विफ्टलाई सुजुकीले २०२३ को जापान मोबिलिटी शोमा विश्वव्यापी रूपमा डेब्यू गरेको थियो । रिपोर्टका अनुसार भारत–विशेष कार अलि फरक हुनेछ । यसमा अगाडि र पछाडि फरक फरक बम्पर, ब्ल्याक आउट सी–पिलर, एलईडी हेडलाइट, एलईडी फग ल्याम्प र बुट लिडमा माउन्ट गरिएको रिभर्स क्यामेरा पाउने अपेक्षा गरिएको छ ।

२०२४ मारुती सुजुकी स्विफ्टमा नयाँ जेड सिरिज १.२–लिटर ३–सिलिन्डर माइल्ड–हाइब्रिड पेट्रोल इन्जिन हुनेछ । यसको आउटपुट के१२ इन्जिनको जस्तै हुने अपेक्षा गरिएको छ र छ–स्पीड म्यानुअल अर्थात एएमटी गियरबक्ससँग जोडिनेछ ।

स्विफ्टमा ६ वटा एयरब्याग, एबीएस सहित ईबीडी र ईएसपी हुने अपेक्षा गरिएको छ । ३६० डिग्री क्यामेरा र एडिएएस जस्ता सुविधाहरू भारतीय बजारमा उपलब्ध नहुन सक्छ ।

सम्बन्धित समाचारहरू

चार्जिङ पूर्वाधार तयार गर्दै मारुती सुजुकी, पुलकार, चार्ज हब र स्मार्ट चार्ज पेटेन्ट

चार्जिङ पूर्वाधार तयार गर्दै मारुती सुजुकी, पुलकार, चार्ज हब र स्मार्ट चार्ज पेटेन्ट

मारुती सुजुकीले भविष्यका लागि आफ्नो रणनीति तयार पारेको छ । यसैलाई ध्यानमा...

बजाज र टीभीएससँग प्रतिस्पर्धा गर्न सुजुकीले नयाँ ई–स्कुटर लन्च गर्ने

बजाज र टीभीएससँग प्रतिस्पर्धा गर्न सुजुकीले नयाँ ई–स्कुटर लन्च गर्ने

सुजुकीले पनि इलेक्ट्रिक स्कुटरमा ध्यान केन्द्रित भइरहेको छ । सुजुकीले...

१२५ सीसी स्कुटर सेग्मेन्टमा नयाँ प्रतिस्पर्धा थप्दै सुजुकीले ल्यायो बर्गम्यान स्ट्रिटको नयाँ मोडल

१२५ सीसी स्कुटर सेग्मेन्टमा नयाँ प्रतिस्पर्धा थप्दै सुजुकीले ल्यायो बर्गम्यान स्ट्रिटको नयाँ मोडल

सुजुकी मोटरसाइकल इन्डियाले भारत र हाल नेपालमा समेत बलियो बन्दै गएको १२५...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...