देवघाट हलेशी माउन्ट एभरेष्ट मोटर र्‍याली सुरू

नासा नेपाल बागमती प्रदेश संघ र चितवन अटोमोबाइल डिलर एसोसिएसनको संयुक्त आयोजनामा देवघाट हलेशी माउन्ट एभरेष्ट मोटर र्‍याली सुरू भएकाे छ ।

भरतपुर म.न.पा. का उपमेयर चित्रसेन अधिकारी र नेपाल अटोमोबाइल एसोसिएसनका उपाध्यक्ष अनिल कुमार बरालले फ्ल्याग अफ गरेर र्यालीको शुभारम्भ गरे।

साे अवसरमा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष लगायतका पदाधिकारि, नासा नेपालका पदाधिकारिहरु तथा चितवन अटोमोबाइल डिलर्स एसोसिएन र बागमती अटोमोबाइल एसोसिएसनका पदाधिकारि समेतको उपस्थिति रहेको थियो ।

नगर उप प्रमुख चित्रसेन अधिकारीले भ्रमण बर्ष सफल बनाउन र्‍याली महत्वपूर्ण भएकाे बताए ।

नासा बागमती प्रदेशका अध्यक्षसमेत रहेका चितवन अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष राजन पियाले टिडिएस र्‍यालीमा २५ देखि ३० जना ड्राइभर र अटो जिमखाना प्रतियोगितामा १५ देखि २० जना ड्राइभर सहभागि हुने जानकारी दिए ।

प्रत्येक दुई बर्षमा उक्त र्‍याली आयोजना गर्दै आइरहेकाे र विजेतालाई शिल्ड, प्रमाणपत्र र आकर्षक पुरस्कारको व्यवस्था गरेको अध्यक्ष राजन पियाले बताए।

बैशाख ५ देखि ७ गते सम्म चल्ने उक्तर्‍याली टाइम (समय), डिस्ट्यान्स (दुरी), र स्पीड (गति) अर्थात टिडिएस र्‍याली अन्तर्गत गन्तब्यसम्म पुग्नका लागि विभिन्न चेक प्वाइन्टहरु निर्धारण गरी बाटोको प्रकृति हेरेर एभरेज स्पीड तय गरिएको हुन्छ ।

बिश्वमै अत्यन्तै शाहसिक र पृथक मानिएको मोटर स्पोर्ट्सको नयाँ विधा Auto Gymkhana र TSD Rally एक दशक देखि नेपालमा अत्यन्तै प्रचलनमा रहेकोे छ ।

सम्बन्धित समाचारहरू

१६ बुँदे घोषणा पत्र जारी गर्दै सकियो सडक सुरक्षा युवा अभियन्ताहरुको दुई दिने राष्ट्रिय सम्मेलन

१६ बुँदे घोषणा पत्र जारी गर्दै सकियो सडक सुरक्षा युवा अभियन्ताहरुको दुई दिने राष्ट्रिय सम्मेलन

काठमाडौं – १६ बुँदे घोषणा पत्र जारी गर्दै सडक सुरक्षामा कार्यरत युवा...

सुर्खेतमा शुरु भयो सडक सुरक्षा अभियान

सुर्खेतमा शुरु भयो सडक सुरक्षा अभियान

सुर्खेत – भौतिक पूर्वाधार तथा यातायात व्यबस्था मन्त्रालयद्वारा गठित रोड...

टीडीएस मोटर -याली तथा अटो जिमखाना हुँदै, विजेताले २ लाख नगद पुरस्कार पाउने

टीडीएस मोटर -याली तथा अटो जिमखाना हुँदै, विजेताले २ लाख नगद पुरस्कार पाउने

काठमाडौं–बागमती अटो जिमखाना तथा टीडीएस मोटर र्याली आयोजना हुने भएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...