सुजुकीको नयाँ स्विफ्टमा ६ एयर ब्याग र एडीएएस फिचर हुने

मारुती सुजुकीले आफ्नो सबैभन्दा लोकप्रिय कार स्विफ्टको फेसलिफ्ट संस्करण ९ मेमा भारतीय बजारमा लन्च गर्ने भएको छ । कम्पनीले यसको कोडनेम वाईईडी राखेको छ । साथै कम्पनीले यो वर्षको अन्त्यमा नयाँ डिजायर कम्प्याक्ट सेडान बजारमा ल्याउने तयारी गर्दैछ । नेक्स्ट जेनेरेसन स्विफ्टमा ६ एयर ब्यागसहित एडीएएस जस्ता एड्भान्स फिचर पनि समावेश गरेको छ ।

नेक्स्ट जेनेरेसन स्विफ्टको पावरट्रेनमा ठुलो परिवर्तन हुनेछ । यसमा के१२ पेट्रोल इन्जिनको सट्टा जेड सिरिजको नयाँ १.२ लिटर ३ सिलिन्डर पेट्रोल इन्जिन दिइनेछ । सो इन्जिनले ९० एचपी पावर र ११३ एनएमको टर्क जेनेरेट गर्छ ।

कम्पनीले नयाँ स्विफ्टको ट्रान्समिसनको विवरण भने खुलाएको छैन, तर यसमा ५ स्पिड म्यानुअल र एएमटी गियरबक्सको विकल्प हुने अपेक्षा गरिएको छ । साथै यसमा सीएनजी र हाइब्रिड इन्जिन विकल्पमा पनि पेश गर्न सक्ने सम्भावना छ । कम्पनीले यसमा पुरानो लुक कायम राखेको छ । यसको अगाडि प्रोजेक्टर सेटअप सहित शार्प लुक हेडल्याम्प प्रदान गरिएको छ । यसमा इनबिल्ट एलईडी डेटाइम रनिङ ल्याम्प पनि छ ।

कम्पनीको लोगो अब ग्रिलको माथि र बोनटको ठीक तल राखिएको छ । फ्रन्टको बम्परमा पनि केही परिवर्तन गरिएको छ । साइड प्रोफाइलमा १६ इन्चको अलोय ह्विल बाहेक अरु कुनै परिवर्तन गरेको छैन । पछाडिको टेललाइट पनि परिवर्तन गरिएको छ । टेलगेटमा हाइब्रिड ब्याजिङ दिइएको छ ।

नयाँ स्विफ्ट हालको मोडलको तुलनामा १५ एमएम लामो, ४० एमएम फराकिलो, ३० एमएम अग्लो छ र ह्विलबेस २४५० एमएमको छ । कम्पनीले यसलाई फोर्थ जेनेरेसन मोडल भनेता पनि नयाँ जेनरेशन स्विफ्ट सोही हार्टेक्ट प्लेटफर्ममा आधारित छ ।

कारको इन्टेरियरमा ब्ल्याक एण्ड ह्वाइट ड्युअल टोन थिमसहितको सबै नयाँ ड्यासबोर्ड समावेश गरिएको छ । यसमा ९.० इन्चको फ्लोटिङ इन्फोटेनमेन्ट सिस्टमसहितको नयाँ ड्यासबोर्ड, स्लिक एसी भेन्ट्स र तल एचभीएसी कन्ट्रोल उपलब्ध छ । यसमा वायरलेस एप्पल कारप्ले÷एन्ड्रोइड अटो, कनेक्टेड कार टेक्नोलोजी, स्टेयरिङ माउन्टेड कन्ट्रोल र अटोमेटिक क्लाइमेट कन्ट्रोल जस्ता फिचर समावेश छ ।

नयाँ स्विफ्टमा ३६० डिग्री क्यामेरा र ड्ष्ुअल सेन्सर ब्रेक सपोर्ट, एडाप्टिभ हाई बीम असिस्ट, ड्राइभर मोनिटरिङ सिस्टम र कोलिजन मिटिगेसन ब्रेकिङ सिस्टम जस्ता एडीएएस, भेन्टिलेटेड सिट, अटो होल्डसहितको इलेक्ट्रोनिक पार्किङ ब्रेक र ६ वटा एयरब्याग जस्ता फिचर समावेश छ ।

नयाँ स्विफ्टको मूल्य ६ लाख भारुबाट सुरु हुने अपेक्षा गरिएको छ । भारतमा यसको प्रतिस्पर्धा हुन्डाई ग्राण्ड आई १० निओस र टाटा टियागोसँग हुनेछ ।

सम्बन्धित समाचारहरू

सुजुकीको पहिलो इलेक्ट्रिक कार ई–भिटारा सार्वजनिक, ५०० किमी रेन्जका साथ एडास २ लगायतका फिचर

सुजुकीको पहिलो इलेक्ट्रिक कार ई–भिटारा सार्वजनिक, ५०० किमी रेन्जका साथ एडास २ लगायतका फिचर

मारुती सुजुकीले कम्पनीको पहिलो इलेक्ट्रिक कार ई–भिटारा भारत ग्लोबल...

सुजुकी कार हात पार्न भारतमा ४ लाख ग्राहक प्रतिक्षारत्

सुजुकी कार हात पार्न भारतमा ४ लाख ग्राहक प्रतिक्षारत्

भारतमा मारुती सुजुकी कार हात पार्न ४ लाख हाराहारी ग्राहक पतिक्षारत रहेको...

टीभिएस एनटर्कमा सबैभन्दा छिटो यात्रा तय गरेर कायम भयो नयाँ रेकर्ड

टीभिएस एनटर्कमा सबैभन्दा छिटो यात्रा तय गरेर कायम भयो नयाँ रेकर्ड

एनटर्क स्कुटरमा कन्याकुमारीदेखी लेहसम्मको यात्रा मात्र १२६ घन्टा १४...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...