निसान र रेनो मिलेर भारतमा बनाए २५ लाख कार
निसान र रेनोको सहकार्यमा भारतमा १३ वर्षभित्र २५ लाख कार उत्पादन भएका छन् ।...
हालै सलमान खानलाई लक्ष्यित गरी बम हानिएको खबर सार्वजनिक भएको छ । यससँगै सलनमान खानसँग भएका बुलेटप्रुफ कारको वारेमा पनि जान्नु आवश्यक छ ।
बलिउड कलाकार सलमान खानसँग दुई वटा उत्कृष्ट बुलेट प्रुफ एसयूभी छन् । यहाँ हामी सलमान खानसँग रहेको बुलेट प्रुफ एसयूभीमा कस्ता प्रकारका विशेषताहरू छन् भन्ने बारेमा चर्चा गर्दैछौं ।
निसान पेट्रोल एसयूभी
निसानको पेट्रोल एसयूभी धेरै देशमा उपलब्ध छ । फुल साइज एसयूभीको रूपमा यसमा धेरै उत्कृष्ट फिचरहरु छन् । साथै यसलाई आवश्यकता अनुसार बुलेट प्रुफ पनि बनाउन सकिन्छ । सलमान खानले सो एसयूभी गत वर्ष आयात गरेका थिए । सो एसयूभी भारतीय बजारमा उपलब्ध छैन ।
रिपोर्टका अनुसार सो एसयूभीमा बी७ स्तरको सुरक्षा दिइएको छ । सो एसयूभीमा ७८ एमएम बाक्लो बुलेट प्रुफ ग्लास पनि जडान गरिएको छ । सो एसयूभी ५.६ लिटरको भी८ इन्जिनले सुसज्जित छ । जसका कारण एसयूभीले ४५० एचपी पावर र ५६० एनएम टर्क उत्पादन गर्छ । रिपोर्टका अनुसार यसको मूल्य करिब २ करोड भारु रहेको छ ।
रेन्ज रोभर एसयूभी
सलमान खानसँग रेन्ज रोभरको एसयूभी पनि छ । सो एसयूभी बुलेट प्रुफ पनि छ । रिपोर्टका अनुसार सलमान खानले सो एसयूभी यसै वर्ष खरिद गरेका थिए । सो एसयूभीमा ३ लिटरको भी६ इन्जिन उपलब्ध छ, जसले २५४ बीएचपी र ६०० एनएम टर्क जेनेरेट गर्छ । सो एसयूभीको मूल्य ४.५ देखि ५ करोड भारुसम्म रहेको छ ।
निसान र रेनोको सहकार्यमा भारतमा १३ वर्षभित्र २५ लाख कार उत्पादन भएका छन् ।...
निसानले भारतीय बजारमा फुल साइज एसयूभी सेगमेन्टमा नयाँ एसयूभी एक्स-ट्रेल...
जापजिन अटो निर्माता निशानले १२ वर्षमा भारतबाट १० लाख युनिट कार निर्यात...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...