बजाजको पावर हाउस बाइक शोरुममा पुग्न थाल्यो, यस्तो छ नयाँ फिचर

बजाज अटोले भारतीय बजारमा २०२४ पल्सर एन२५० लन्च गर्ने तयारी गरिरहेको छ । यद्यपि, कम्पनीले गोप्य रूपमा पल्सर १५० पनि अपडेट गरेको छ । २०२४ मोडलमा केही कस्मेटिक अपडेट र नयाँ फिचर पनि प्रदान गरिएको छ । बजाजले २०२४ पल्सर १५० को मूल्य बढाएको छ वा छैन भन्ने अहिले स्पष्ट छैन ।

२०२४ पल्सर १५० मा पल्सरका लागि नयाँ थ्रीडी एम्बलम दिइएको छ । रिपोर्टका अनुसार सो बाइक रातो र कालो कलरको विकल्पमा हुनेछ । यद्यपि यो कालो तथा कालो र निलो रङको पनि हुन सक्ने अनुमान गरिएको छ ।

सो बाइकमा मुख्य परिवर्तन भनेको नयाँ इन्स्ट्रयुमेन्ट क्लस्टर हो । यसमा एनालग ट्याकोमिटरलाई डिजिटल स्पिडोमिटरले प्रतिस्थापन गरेको अल डिजिटल युनिट जडान गरिएको छ । नयाँ क्लस्टरमा बजाज राइड कनेक्ट एप्लिकेसनसँग ब्लुटुथ जडान गरिएको छ । साथै यसमा मोबाइल चार्ज गर्नका लागि यूएसबी पोर्ट पनि दिइएको छ । नयाँ क्लस्टरले इन्धन खपत, औसत इन्धन इकोनोमी र गियर पोजिशनमा वास्तविक समय अपडेट पनि प्रदान गर्छ ।

नयाँ मोडलमा १४९.५ सीसी सिंगल सिलिन्डर एयर कुल्ड इन्जिन उपलब्ध हुनेछ । यसले १३.८ बीएचपीको पावर र १३.२५ एनएमको टर्क जेनेरेट गर्छ । यो इन्जिनमा ५ स्पिड गियरबक्स युनिट उपलब्ध छ ।

सम्बन्धित समाचारहरू

कावासाकी ब्रान्डका बाइक अब नेपालमा पनि उपलब्ध हुने, विशाल ग्रुप बन्यो आधिकारिक वितरक

कावासाकी ब्रान्डका बाइक अब नेपालमा पनि उपलब्ध हुने, विशाल ग्रुप बन्यो आधिकारिक वितरक

काठमाडौं – कुनै समय नेपाली बजारमा उपलब्ध भएर बन्द भएको कावासाकी ब्रान्ड...

वजाज मोटरसाइकल किन्दा ८ हजार नगद छुट र हरेक हप्ता एक जनालाई १ लाख उपहार

वजाज मोटरसाइकल किन्दा ८ हजार नगद छुट र हरेक हप्ता एक जनालाई १ लाख उपहार

काठमाडौं– वजाज मोटरसाइकलको कुनै पनि मोडल खरिद गर्दा ग्राहले अव ८ हजार...

नेपाली बजारमा २५औँ वर्षको सफल लिडरसिप मनाउँदै बजाज, ८ लाख युनिट बिक्रीको आँकडा

नेपाली बजारमा २५औँ वर्षको सफल लिडरसिप मनाउँदै बजाज, ८ लाख युनिट बिक्रीको आँकडा

काठमाडौँ – नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...