पहिलो पटक बजाजले ल्यायो ट्रयाक्सन कन्ट्रोलसहित पल्सर एन२५०

बजाज अटोले भारतमा पल्सर एन२५० लन्च गरेको छ । सो बाइक ट्रयाक्सन कन्ट्रोल भएको कम्पनीको पहिलो बाइक हो । यसले सेन्सरको सहायताले पांग्राको गति र इन्जिन पावरलाई मनिटर गर्छ र ह्विल स्पिन भएको अवस्थामा ब्रेक लगाउँछ ।

कम्पनीले पल्सर एन२५० मा केही अपग्रेड गरेको छ । बाइकको फ्रन्ट सस्पेन्सन सिस्टम पनि परिवर्तन गरेको छ । यसमा ट्विन एलईडी प्रोजेक्टर हेडल्याम्प र एलईडी डीआरएल दिइएको छ । साथै यसमा नयाँ ग्राफिक्स पनि दिइएको छ । सो बाइक ३ रङमा उपलब्ध छ ।

नयाँ पल्सर एन२५० पावरका लागि २४९.०७ सीसीको फोर स्ट्रोक, टु भल्व आयल कुल्ड इन्जिनले सुसज्जित छ, जसले २४.१ एचपीको पावर र २१.५ एनएमको टर्क जेनेरेट गर्छ । ट्रान्समिसनका लागि यो इन्जिनमा ५ स्पिड गियरबक्स जोडिएको छ ।

बाइकमा यूएसबी चार्जिङ पोर्ट, ट्रयाक्सन कन्ट्रोल र एबीएसकाका साथै नयाँ राइड मोड – रेन, रोड र अन÷अफ उपलब्ध छ । सस्पेन्शनका लागि फ्रन्टमा टेलिस्कोपिक युनिटको स्थानमा यूएसडी फोर्क प्रदान गरिएको छ । जबकि रियरमा समान प्रिलोड एडजस्टेबल मोनोसक युनिट दिइएको छ ।

बाइकको लम्बाइ १९८९ एमएम, चौडाइ ७४३ एमएम, उचाई १०५० एमएम र ग्राउन्ड क्लियरेन्स १६५ एमएमको छ । यसको सिट हाइट ७९५ एमएम र ह्विल बेस १३५१ एमएमको दिइएको छ । सो बाइकको तौल १६२ केजी र फ्युल ट्यांक क्षमता १४ लिटरको छ ।

सो बाइकले सुजुकी जिक्सर २५०, केटीएम ड्युक ३५० र टीभीएस अपाचे आरटीआर २०० फोरभीसँग प्रतिस्पर्धा गर्नेछ । यसको मूल्य १ लाख ५१ हजार भारु तोकिएको छ ।

सम्बन्धित समाचारहरू

बजाजको पल्सर लाइनअप अपडेट, डिजिटल डिस्प्लेको साथ ब्लुटुथ जडित पल्सर एन१६० लन्च

बजाजको पल्सर लाइनअप अपडेट, डिजिटल डिस्प्लेको साथ ब्लुटुथ जडित पल्सर एन१६० लन्च

बजाज अटोले आफ्नो लोकप्रिय बाइक पल्सरको लाइनअप अपडेट गरेको छ । यसमा...

बजाजले सार्वजनिक ग-यो पल्सर एफ२५० र एन२५०, यस्तो छ मूल्य र फिचर

बजाजले सार्वजनिक ग-यो पल्सर एफ२५० र एन२५०, यस्तो छ मूल्य र फिचर

भारतीय बजारमा बजाजले २५० सीसी पल्सर सिरिजका दुई मोटरसाइकल सार्वजनिक गरेको...

अपडेट भएर आयो पल्सर १५०, थप ३ नयाँ मोडल लन्च हुँदै

अपडेट भएर आयो पल्सर १५०, थप ३ नयाँ मोडल लन्च हुँदै

बजाजले हालै पल्सर १५० लाई अपडेट गरेको छ । यसमा नयाँ डेकल्सको साथमा एलईडी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...