सुजुकीलाई ब्याट्री सप्लाईमा समस्या, ईभिएक्स लन्च हुन ढिलाई हुने

सुजुकीले आफ्नो पहिलो इलेक्ट्रिक कार ईभीएक्सको लन्च पूर्ब निर्धारित समयमा नहुने बताएको छ । अटो एक्सपो–२०२३ मा शोकेस गरिएको सो कारलाई कम्पनीले यसै वर्षको अन्त्यतिर लन्च गर्ने बताएको थियो ।

ब्याट्री सप्लाई र सफ्टवेयरमा चुनौती आएको भन्दै कम्पनीले यसको उत्पादन अब २०२५ को फेब्रुअरीदेखी मात्रै सुरु गर्ने जनाएको हो ।

एक रिपोर्टका अनुसार मारुतीले हाल ब्याट्री आपूर्ति र सफ्टवेयर चुनौतीहरूको सामना गरिरहेको छ । कम्पनीले समस्यालाई सम्बोधन गर्ने प्रयास गर्दा पनि उत्पादन सुरु गर्न (एसओपी) कम्तीमा ५ महिना ढिलो हुने भएको हो ।

मारुती सुजुकीले भारतमा उत्पादित अधिकांश ईभिएक्स निर्यात गर्ने योजना बनाएको छ । पहिलो चरणमा उत्पादन हुने १ लाख ५० हजार युनिटको ८० प्रतिशत हिस्सा विदेशी बजारमा निर्यात गर्ने उसको तयारी छ । यो ईभी यूरोप र जापानमा समेत उपलब्ध हुनेछ ।

ईभीएक्समा ६० किलोवाट आवर क्षमातको ब्याट्री जडान हुने र यसले सिंगल चार्जमा ५५० किलोमिटर हाराहारी रेन्ज प्रदान गर्ने आँकलन गरिएको छ । सो ईभीको मूल्य भारतीय बजारमा २० देखी २५ लाखको विचमा तय हुने अनुमान छ ।

सम्बन्धित समाचारहरू

३५ बर्षअघि निर्यात थालेको मारुती सुजकीले २०२१ मा निर्यात गर्यो सबैभन्दा बढी कार

३५ बर्षअघि निर्यात थालेको मारुती सुजकीले २०२१ मा निर्यात गर्यो सबैभन्दा बढी कार

बर्ष २०२१ मा मारुती सुजुकीले हालसम्मकै सबैभन्दा बढी कार निर्यात गरेको छ ।...

४० किलोमिटर माइलेज दिने नयाँ स्विफ्टको परिक्षण सुरु, छिट्टै बजारमा आउने

४० किलोमिटर माइलेज दिने नयाँ स्विफ्टको परिक्षण सुरु, छिट्टै बजारमा आउने

जापनिज अटो निर्माता सुजुकीले हालै सम्पन्न जापान मोविलिटी शोमा सार्बजनिक...

मारुती ई–भिटाराले सेफ्टी परीक्षणमा देखायो मजबुत प्रदर्शन, भारतमा ५ स्टार तर अष्ट्रेलियामा ४ स्टार

मारुती ई–भिटाराले सेफ्टी परीक्षणमा देखायो मजबुत प्रदर्शन, भारतमा ५ स्टार तर अष्ट्रेलियामा ४ स्टार

भारतमा निर्माण भएर विश्व बजारमा बिक्रीका लागि प्रस्तुत गरिएको सुजुकीको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...