एथर इलेक्ट्रिक स्कुटर रिज्टाका ४ उत्कृष्ट फिचर

एथरले आफ्नो इलेक्ट्रिक स्कुटर रिज्टा अप्रिल २०२४ मा भारतीय बजारमा लन्च गरिसकेको छ । उक्त स्कुटर फेमिली स्कुटरको रुपमा लन्च गरिएको हो । सो स्कुटरका चारवटा फिचर निकै उत्कृष्ट मानिएको छ ।

डिजाइन र रङ
नयाँ इलेक्ट्रिक स्कुटर रिज्टामा कम्पनीले हालको ४५० एक्सको परिमार्जित च्यासिस प्रयोग गरेको छ, जसका कारण स्कुटरको सिट ठुलो र तलतिर भएको छ । स्कुटरमा ४५० एक्समा जस्तै शार्प डिजाइनको सट्टामा साधारण डिजाइन दिइएको छ । कम्पनीले यसमा ३ मोनोटोन र ४ ड्युअल टोन कलरको विकल्प दिएको छ ।

ब्याट्री र रेन्ज
कम्पनीले रिज्टा स्कुटर ३ भेरिएन्ट र २ वटा ब्याट्रीको विकल्पमा लन्च गरेको छ । यसमा २.९ किलोवाट र ३.७ किलोवाटको ब्याट्री छ । साथै यसमा स्मार्ट इको र जिप जस्ता ड्राइभिङ मोड उपलब्ध छ । कम क्षमताको ब्याट्री भएको स्कुटरलाई फुल चार्ज गरेपछि १२३ किलोमिटरसम्म चलाउन सकिन्छ र उच्च क्षमताको ब्याट्रीले १६० किलोमिटरसम्म चल्न सक्छ । यसमा जडान गरिएको मोटरले स्कुटरलाई ८० किलोमिटरको टप स्पिड दिन्छ ।

फिचर
एथर रिज्टामा कम्पनीले टीएफटी र एलसीडी डिस्प्लेको विकल्प दिएको छ । यसका साथै यसमा रिभर्स बटन, स्मार्टफोन कनेक्टिभिटी, व्हाट्सएप अन ड्यास, फलसेफ, स्किड कन्ट्रोल, हिल होल्ड, गुगल म्याप नेभिगेसन, कल एण्ड म्युजिक कन्ट्रोल, ईएसएस, पिङ माई स्कुटर, फ्रन्ट डिस्क ब्रेक, टो एन्ड थेफ्ट अलर्ट, लाइभ लोकेशन शेयर, रियर मोनोशक सस्पेन्सन जस्ता जस्ता फिचर रहेको छ ।

स्टोरेज
एथरको नयाँ स्कुटर इलेक्ट्रिक स्कुटर खण्डमा सबैभन्दा ठूलो लगेज क्षमता भएका स्कुटरको सूचीमा समावेश छ । सो स्कुटरमा सामान राख्नको लागि ५६ लिटर स्पेस उपलब्ध छ । जसमध्ये सिट मुनि ३४ लिटर र ट्रंकको रुपमा २२ लिटर ठाउँ उपलब्ध छ ।

मूल्य
कम्पनीले एथर रिज्टा इलेक्ट्रिक स्कुटरको मूल्य ९७ हजार ५४६, मिड भेरिएन्टको १ लाख १२ हजार र टप भेरिएन्टको मूल्य १ लाख २८ हजार भारु तोकेको छ ।

सम्बन्धित समाचारहरू

बीवाईडी हाई–टेक विक सम्पन्न, गरियो बीवाईडी एट्टो ३ को १० लाख १० हजारौं ग्लोबल माइलस्टोन डेलिभरी

बीवाईडी हाई–टेक विक सम्पन्न, गरियो बीवाईडी एट्टो ३ को १० लाख १० हजारौं ग्लोबल माइलस्टोन डेलिभरी

काठमाडौं – बीवाईडी अटो इन्डष्ट्रिको नेपालका लागि आधिकारिक वितरक साइमेक्स...

चितवन महोत्सबमा स्काइवेलको स्टल बन्यो बेस्ट स्टल, ५ प्रिमियम ईभी बिक्री

चितवन महोत्सबमा स्काइवेलको स्टल बन्यो बेस्ट स्टल, ५ प्रिमियम ईभी बिक्री

चितवन । स्काइवेल विद्युतीय सवारीको आधिकारिक वितरक जी मोटर्सले ’चितवन...

यस्तो हुनेछ ओलाको इलेक्ट्रिक कार, लिक भएको तस्बिरले देखायो झलक

यस्तो हुनेछ ओलाको इलेक्ट्रिक कार, लिक भएको तस्बिरले देखायो झलक

इलेक्ट्रिक स्कुटरको सफलता पछि अब ओलाले इलेक्ट्रिक कार पनि लन्च गर्ने भएको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...