३ हजार ५० मिटर उचाईमा मोटोखाना रेस

ट्रान्स हिमालय एड्भेन्चर अन्तर्गत बुधबार मुक्तिनाथ नजिकै सेल्फी डाँडामा ३ हजार ५० मिटर उचाइमा मोटोखाना रेस सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय मोटरसाइकल फेडेरेसनमा आवद्ध क्लवहरुमा यो सम्भवतः सबैभन्दा बढी उचाईमा भएको अफिसियल रेस रहेको अयोजक संस्था नासा नेपालले बताएको छ ।

ट्रान्स हिमालय एड्भेन्चर अर्थात मोटरसाइकल टुरिङ र रेसिङ गरिरहेका बाइक राइडरहरुको टोली बुधबार मुस्ताङको मुक्तिनाथ पुगेका थिए । गत सोमबार काठमाडौंबाट प्रस्थान गरेका राइडरहरुको टोली पोखरा, बेनीहुँदै मुक्तिनाथ पुगेका हुन् ।

मुक्तिनाथ नजिकै सेल्फी डाँडामा राइडरहरुका बिच ट्रेल बाइक रेस प्रतियोगिता समेत आयोजना गरियो । यसैगरी सेल्फी च्यालेञ्ज तथा सेफ राइडिङ र ट्यालेन्ट हन्ट सम्बन्धी विभिन्न क्रियाकलाप समेत आयोजना गरिएको थियो ।

सो प्रतियोगिताका विजेताहरुलाई पोखरामा आयोजना हुने कार्यक्रममा नेपाल अटोमोबाइल्स एसोसिएसन, मोटर साइक्लिङ कमिसनका संयोजक अनिल बराल, गण्डकी अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष शिव श्रेष्ठ र मार्सल कमिसनका सचिव आशिष रौनियार बाट पुरस्कृत गरिने छ ।

आज राइडरहरु जोमसोम, बेनी, कुश्मा हुँदै पोखरा फर्किने छन् । पोखरामा आयोजना हुने मोटो इन्डुरो च्याम्पियनसिपमा आएर सो राइड समापन हुनेछ ।

राष्ट्रिय खेलकुद परिषदले साहसिक खेलकुदमार्फत दिगो पर्यटन प्रवद्र्धनको हेतुले विगत लामो समयदेखि साहसिक खेलहरुलाई प्रवद्र्धन गर्दै आइरहेको सन्दर्भमा यस्ता गतिविधिले सरकारको दिगो लक्ष्य हासिल गर्न सघाउ पु¥याउने विश्वास आयोकजले लिएको छ ।

सम्बन्धित समाचारहरू

मोटर स्पोटर्सको प्रोमो र क्यालेन्डर सार्वजनिक, मोटर स्पोर्ट्स सम्बन्धी विभिन्न इभेन्ट हुने

मोटर स्पोटर्सको प्रोमो र क्यालेन्डर सार्वजनिक, मोटर स्पोर्ट्स सम्बन्धी विभिन्न इभेन्ट हुने

काठमाडौं – मोटर, मोटर साइक्लिङ स्पोर्ट्स, अटोमोबाइल मोबिलिटी तथा टुरिजम र...

दशैंमा रेसिङ मुड : ताइवानको सर्किटमा बाइक कुदाउने तयारीमा श्रीहरी

दशैंमा रेसिङ मुड : ताइवानको सर्किटमा बाइक कुदाउने तयारीमा श्रीहरी

देश दशैं मुडमा छ । नेपालीहरुको महान चाड मानिने दशैंको समयमा सबै आफ्नो काम...

नेपाल रोड रेसिङ च्याम्पियनसिप २०२५, टोलदेखि ट्रयाकसम्मको हाईवे

नेपाल रोड रेसिङ च्याम्पियनसिप २०२५, टोलदेखि ट्रयाकसम्मको हाईवे

बागमती प्रदेश खेलकुद विकास परिषदमा दर्ता भई नेपाल अटोमोबाइल्स एसोसिएसन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...