एसिया प्यासिफिक २०२४ डिलर कन्फ्रेन्समा दुई अवार्डद्वारा सम्मानित भयो बीवाईडी नेपाल

नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक चीनको सियानमा आयोजित प्रतिष्ठित बीवाईडी एसिया प्यासिफिक २०२४ डिलर कन्फ्रेन्समा सम्मानित भएको छ । साइमेक्स इंकले एक विज्ञप्ति प्रकाशित गर्दै गर्वपूर्वक यसको जानकारी दिएको छ ।

साइमेक्सले एसिया प्यासिफिक मेजर कन्ट्रिब्युसन डिष्ट्रिब्युटर अवार्ड र सेल्स कन्ट्रिब्युसन अवार्ड गरी दुई महत्वपूर्ण पुृरस्कार हात पार्न सफल भएको छ । अपेक्षित थप उपलब्धि हासिल गर्दै र उल्लेखनिय बिक्री कार्यमा अगाडि बढ्दै साइमेक्स इंक एसिया प्यासिफिक क्षेत्रकै प्रमुख वितरक बन्न सफल भएको बताएको छ ।

अन्तर्राष्ट्रिय मञ्चहरुमा प्राप्त उल्लेखनिय उपलब्धि वाहेक साइमेक्स इंकले चीनको सियानमा नेपाल एनुअल डिलर्स मिट २०२४ समेत आयोजना गरेको छ । नेपालमा बीवाईडी डिलरहरुको बीचमा आपसी सहयोग बढाउन, ज्ञान आदानप्रदान गर्न र सहकार्यलाई बलियो बनाउनका लागि सो इभेन्टले एउटा प्लेटफर्मको कार्य गरेको कम्पनीले बताएको छ ।

सो अवसरमा साइमेक्सको सन् २०२४ को योजनामार्फत यसको नेटवर्क विस्तारलाई प्रस्तुत गरिएको छ । हाल विभिन्न १५ स्थानमा बीवाईडी शोरुम सफलतापूर्वक स्थापना गरिएका छन् भने थप ३ शोरुम स्थापित हुने क्रममा रहेका छन् । यसले बीवाईडी धेरै स्थानमा विस्तार हुन र नेपालभर रहेका ग्राहकको पहुँचमा रहन चाहेको प्रमाणित गरेको कम्पनीको भनाइ छ ।

साइमेक्स इंकले हाल विभिन्न स्थानमा २३ डीसी फास्ट चार्जर स्थापना गरेको छ भने थप विस्तारको क्रममा रहेका छन् । यसले कम्पनीको दिगो मोबिलिटीप्रतिको प्रतिबद्धतालाई प्रमाणित गर्दछ । त्यसैगरी यसले सवारी साधनप्रति ग्राहकको अनुभवमा सुधार गर्न र नेपालमा बीवाईडी ईभीको प्रयोग अझै बढाउन साइमेक्सको समर्पणलाई देखाउछ ।

साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले यसरी बीवाईडीबाट सम्मानित भएको र प्रतिष्ठित पुरस्कार ग्रहण गरेको बताउँदै यो पहिचान टिमको कडा परिश्रम र समर्पणका साथै मूल्यवान ग्राहक र साझेदारहरुको अटुट समर्थनको प्रमाण भएको बताए । उनले नवप्रवर्तनतिर अगाडि बढ्ने, दिगोपन प्रवद्र्धन गर्ने र सबै सरोकारवालाहरुमा अनुपम मूल्य प्रदान गर्ने प्रतिबद्धतामा सदैव अडिग रहेको बताए ।

सम्बन्धित समाचारहरू

पहिलो पटक जापानी इलेक्ट्रिक कार ६० लाख मूल्य सहित नेपालमा, यस्ता छन् विशेषता

पहिलो पटक जापानी इलेक्ट्रिक कार ६० लाख मूल्य सहित नेपालमा, यस्ता छन् विशेषता

काठमाडौं – निसानले नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्प...

२४० किमी रेन्ज दिने स्कुटर ल्याउदै छ नयाँ कम्पनी सिम्पल इनर्जीले

२४० किमी रेन्ज दिने स्कुटर ल्याउदै छ नयाँ कम्पनी सिम्पल इनर्जीले

सिम्पल इनर्जी भारतमा पहिलो इलेक्ट्रिक स्कुटर लन्च गर्ने तयारी अवस्थामा...

पोखरामा सार्वजनिक भयो प्रिमियम र स्मार्ट ईभी नामी : द बिग ह्याच विथ फाइभ स्टार लक्जरी

पोखरामा सार्वजनिक भयो प्रिमियम र स्मार्ट ईभी नामी : द बिग ह्याच विथ फाइभ स्टार लक्जरी

पोखरा – नेपालका लागि डोङफेङ ईभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...