बजाजले १२५ सीसी सेगमेन्ट विस्तार गर्ने, डोमिनार पनि १२५ सीसीमा आउने सम्भावना

बजाज मोटरसाइकल ग्राहक माझ धेरै लोकप्रिय छ । अब बजाजले १२५ सीसी लाइनअप पनि विस्तार गर्ने भएको छ । यद्यपि बजाजको पल्सर एनएस१२५ पहिले नै बिक्रीमा उपलब्ध छ । तर रिपोर्टका अनुसार कम्पनीले बजाज डोमिनार १२५ सीसी पनि लन्च गर्ने तयारी गरिरहेको छ ।

बजाजको १२५ सीसी सेगमेन्ट बाइक सबैभन्दा बढी बिक्री हुने गरेको छ । गत महिना भारतमा बजाज पल्सर मोटरसाइकलको कुल १ लाख १२ हजार ५४४ युनिट बिक्री भएको थियो । जसमध्ये ६२ हजार २०७ युनिट मोटरसाइकलमा १२५ सीसी इन्जिन रहेको छ ।

बजाजको आगामी नयाँ बाइकको फोटो परीक्षणका क्रममा लिक भएको छ । सो बाइक बजाज डोमिनार १२५ बाइक हुन सक्ने अनुमान गरिएको छ ।

हालै लिक भएको फोटोमा बजाज पल्सर एनएस १२५ मा जस्तै अलोय ह्विल, फ्युल ट्याङ्की र टेल सेक्शन तथा बाइकको हेडलाइट डोमिनार जस्तै देखिएको छ । जसको कारण सो बाइक बजाज डोमिनार १२५ हुन सक्ने अनुमान गरिएको हो ।

बजाज डोमिनार १२५ लन्च भएमा कम्पनीले यसलाई विद्यमान पल्सर एनएस १२५ भन्दा माथि राख्न सक्छ । बजाजले विश्वभर डोमिनार ब्रान्डअन्तर्गत पल्सर एनएस लाइन र पल्सर ब्रान्डअन्तर्गत डोमिनार मोटरसाइकल बिक्री गरिरहेको छ ।

यद्यपि आगामी बजाज डोमिनार १२५ लन्च गर्ने बारे कम्पनीले कुनै आधिकारिक जानकारी दिएको छैन ।

सम्बन्धित समाचारहरू

नेपाल भित्रियो अपग्रेडेड डोमिनार ४००, भव्य कार्यक्रम बिच गरियो सार्वजनिक

नेपाल भित्रियो अपग्रेडेड डोमिनार ४००, भव्य कार्यक्रम बिच गरियो सार्वजनिक

काठमाडौं – नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड...

प्रतिवन्ध कायमै रहँदा पनि कसरी सार्वजनिक भयो नेपालमा पल्सर एन २५०, यस्तो छ कारण

प्रतिवन्ध कायमै रहँदा पनि कसरी सार्वजनिक भयो नेपालमा पल्सर एन २५०, यस्तो छ कारण

बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड...

बजाज पल्सर थप दुई मोडलमा आउन सक्ने

बजाज पल्सर थप दुई मोडलमा आउन सक्ने

बजाज अटोले पल्सर एलान र पल्सर एलेगान्जा २ नयाँ बाइकको नाम दर्ताका लागि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...