सुजुकी बाइक वा स्कुटरमा नयाँ वर्ष अफर : किन्दा र एक्सचेन्ज गर्दा छुटैछुट

काठमाडौं - सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालको लागि आधिकारिक आयतकर्ता तथा बिक्रेता भीजी अटोमोबमाइल्स प्रालिले नयाँ वर्षको अवसरमा नयाँ अफर ल्याएको छ । कम्पनीले मोटरसाइकल तथा स्कुटरको खरिदमा नयाँ वर्षमा, ‘नयाँ वर्ष २०८१ क्यास पाउँ एक्कासी’ योजना ल्याएको हो ।

यो योजना अन्तर्गत ग्राहकहरुले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा १० हजार रुपैयाँ नगद छुट पाउने छन् । साथै थप स्क्रयाच कार्डमार्फत एक लाख रुपैयाँसम्म नगद छुट वा कुनै पनि पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्सचेन्ज गर्दा बजार प्रचलित मुल्याङ्कनभन्दा थप मोटरसाइकलमा १५ हजार र स्कुटरमा २० हजार रुपैयाँ पाइने कम्पनीले जानकारी गराएको छ ।

त्यस्तै, फाइनान्समा शून्य प्रतिशत ब्याजदरमध्ये जुन ठिक लाग्छ त्यो ग्राहकहरुले आफै छनोट गर्न सक्ने कम्पनीले जनाएको छ ।

सुजुकीका कुनै पनि मोटरसाइकल वा स्कुटरको खरिदमा कम्पनीले ५ वर्षको इन्जिन वारेन्टीका साथै २० वटा सर्भिस कुपनको सुविधा पनि थप उपलब्ध हुने बताइएको छ ।

यो योजना २०८० चैत १४ गतेदेखि शुरु भएको छ र आगामी २०८१ जेठ १८ गतेसम्म लागु हुनेछ ।

सम्बन्धित समाचारहरू

क्रसओभर र अफरोड सेग्मेन्टमा सुजुकीको इन्ट्री, कस्तो रहला नेपाली बजार

क्रसओभर र अफरोड सेग्मेन्टमा सुजुकीको इन्ट्री, कस्तो रहला नेपाली बजार

भारतको सवैभन्दा ठूलो कार उत्पादक कम्पनी मारुती सुजुकीले पछिल्लो समय एकपछि...

सुजुकीले ल्याउँदै सबैभन्दा सस्तो हाइब्रिड कार, ३५ किमी माइलेजको दाबी

सुजुकीले ल्याउँदै सबैभन्दा सस्तो हाइब्रिड कार, ३५ किमी माइलेजको दाबी

मारुती सुजुकीले सबैभन्दा सस्तो हाइब्रिड कार बजारमा ल्याउने तयारी...

सुजुकी फ्रोङ्क्स र जिम्नीको मूल्य सार्वजनिक : यस्तो हुनेछ मूल्य

सुजुकी फ्रोङ्क्स र जिम्नीको मूल्य सार्वजनिक : यस्तो हुनेछ मूल्य

काठमाडौं – नेपाली बजारमा उपलब्ध सुजुकीका दुई मोडल फ्रोङ्क्स र जिम्नीको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...