पुरानो गाडीसंग एवोन वाई एक्सचेन्ज गर्दा ५ लाख अतिरिक्त मुल्यांकन पाइने, अन्य फाइदा पनि
काठमाडौं– जिएसी एवोनको आधिकारिक वितरक सिजी मोटर्सले विन्टर एक्सचेन्ज...
काठमाडौं – सीएफमोटो र जीहो ब्रान्डको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले नयाँ वर्ष २०८१ लाई लक्षित गर्दै आफ्नो ‘बि स्मार्ट राइड स्मार्ट’ नामक अफर ल्याएको छ । सो अफर आज अर्थात चैत १५, २०८० देखि प्रारम्भ भएको छ र आगामी बैशाख, ३१, २०८१ सम्म लागु रहने छ ।
उक्त अफर अन्तर्गत कम्पनीले आफ्नो जीहो ब्रान्ड रोज्ने र खरिद गर्ने ग्राहकहरुले अफर स्वरुप स्क्र्याच गरी रु ८,१०० देखि रु. ८१,०००।– सम्म छुट पाउन सक्ने छन् । यसका साथै ग्राहकल फ्रि थर्ड पार्टी इन्स्योरेन्स र फ्रि हेल्मेट पनि पाउन सक्ने छन् ।
कम्पनीले आफ्ना एक्सचेन्जमा आउने ग्राहकहरुको सन्दर्भमा भने सिधै १५ हजार रुपैयाँ सम्म थप मूल्याकंन, फ्रि थर्ड पार्टी इन्स्योरेन्स र हेल्मेटको व्यवस्था गरेको छ । एक्सचेन्ज खरिदमा स्क्र्याच कार्डको अफर लागु नरहने जानकारी कम्पनीले दिएको छ ।
यसै अफर अन्तर्गत समस्त ग्राहकहरुले कम्पनीले राखेको बम्पर अफरमा भने सम्मान रुपमा सहभागिता जनाउन सक्ने छन् । जसमा १ जना भाग्यशाली विजेताले कम्पनीको तर्फबाट ४ रात, ५ दिनको थाइल्याण्ड भ्रमणको प्याकेज पाउन सक्नेछन् ।
जीहोका विभिन्न मोडल मध्ये एई६ प्लस एक हो । एई६ प्लस जीहोको स्मार्ट अर्वन राइड प्रेरित आकर्षक डिजाइन र प्रविधिमा निर्मित उच्चतम प्रतिफल दिने इलेक्ट्रिक स्कुटर मात्र नभई आजको आवश्यकता र ग्राहकको अपेक्षाको पूर्ण विश्वास दिन सक्ने सफल स्कुटरको रुपमा स्थापित हुँदै गरेको कम्पनीले जानकारी दिएको छ ।
यसमा साइड माउन्टेड गियर ड्राइभ मोटर जडित छ, जसको पिक पावर ५.५ किलोवाट रहेको छ । यसमा सवार दुई यात्रीले मज्जाले जुनै पनि अप्ठ्यारो बाटोमा असहज महशुस नगरी यात्रा गर्न सक्ने कम्पनीको दावी रहेको छ । साथै यसमा जीहो राइड एप्स, क्रुज कन्ट्रोल, स्ट्यान्ड र सिट सेन्सर, आईपी ६७ प्रोटेक्सन, वेदर प्रोटेक्टेड सिट आदि बिशेषताहरुले सो स्कुटरलाई ग्राहक माझ लोकप्रिय बनाएको छ । यसमा १.८ किलोवाटको एम्पेस ब्रान्डको लिथियम आयोन ब्याट्री दिइएको छ, जसलाई मात्र ३.५ घण्टामा फुल चार्ज गर्न सकिन्छ ।
यसै गरी बढी रेन्ज, स्पिड र यूनिक राइडिङ महसुस गर्न चाहने ग्राहकहरुको निमित्त जीहोको अर्को मोडल एई८ मिड माउन्टेड मोटर रहेको छ । यसमा १२.५ किलोवाटको पिक पावर, १०० किलोमिटर प्रतिघण्टा भन्दा बढीको स्पिड, २.३ किलोवाटको २ वटा एम्पेस ब्रान्डको लिथियम आयोन ब्याट्री छ, जसलाई मात्र ४ घण्टामा फुल चार्ज गर्न सकिन्छ । रिभर्स गियर, क्रुज कन्ट्रोल, जीहो राइड एप्स, आईपी ६७ प्रोटेक्सन, विभिन्न सेन्सर जस्ता विशेषताहरु यसमा दिइएका छन् ।
सो स्कुटरमा रहेको ब्याट्रीलाई एक पटक फुल चार्ज गरी १६० किलोमिटर सम्मको यात्रा तय गर्न सकिने छ । यसमा १२.५ किलोवाटको पिक पावर भएको कारण यो स्कुटरको साथ जो कोहीले उकालो बाटो वा अप्ठेरो बाटोमा सहज रुपमा दुई जना बसी आफ्नो यात्रा सफल बनाउन सक्नेछन् ।
जीहोका दुवै मोडलहरुमा रहेका ब्याट्रीमा ३ वर्षको वारेन्टी, मोटरमा २ वर्षको वारेन्टी, कन्ट्रोलर तथा चार्जरमा १ वर्षको वारेन्टी र एई८ मोडलको बेल्टमा १० हजार किलोमिटर वा १ वर्षको वारेन्टी दिइएको छ ।
काठमाडौं– जिएसी एवोनको आधिकारिक वितरक सिजी मोटर्सले विन्टर एक्सचेन्ज...
काठमाडौं – हुन्डाई नेपालले “अपग्रेड टु द पर्फेक्ट ईभी” नामक नयाँ अभियान...
काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...