अल्ट्राभ्वाइलेट इलेक्ट्रिक मोटरसाइकलको मूल्य १० लाख, यस्तो छ फिचर र पर्फमेन्स

काठमाडौं–अल्ट्राभ्वाइलेटको नयाँ स्पोर्टी इलेक्ट्रिक मोटरसाइकल एफ–७७ नेपाल आउने भएको छ । नेपालका लागि आधिकारिक वितरक केडिया इन्टरनेश्नलले सो नयाँ बाइक छिट्टै उपलब्ध गराउने जनाएको हो ।

कम्पनीले यसको रेकन भेरियन्टलाई ९ लाख ९९ हजार रुपैयाँमा उपलब्ध गराउने भन्दै मूल्य समेत सार्बजनिक गरिसकेको छ । नक्सालमा यसको नयाँ सोरुम निर्माण भइरहेको छ । उक्त मूल्य सुरुमा खरिद गर्ने ३० जना ग्राहकका लागि मात्र लागु हुने कम्पनीको भनाई छ ।

नेपाल आउने रेकन भेरिएन्टमा १०.३ किलोवाट आवरको ब्याट्री प्याक र २९ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर जडान गरिएको छ । उक्त ब्याट्रीलाई एकपटक फुल चार्ज गर्दा ३०७ किलोमिटर रेन्ज पाउन सकिने दावी छ । साथै मोटरको पावर ३८.८ बीएचपी र टर्क ९५ एनएम छ । बाइकलाई १४७ किलोमिटर प्रतिघण्टाको उच्च गतिमा हाँक्न सकिन्छ ।

बाइकमा तीनवाट राइडिङ मोड, ५ इन्चको टिएफटी डिस्प्ले, ब्लुटुथ कनेक्टिभिटी, राइड एनालिटिक्स, पूर्णत एलईडी लाइट, प्रिलोड एड्जस्टेवल सस्पेन्सन, रिजेनेरिटिभ ब्रेकिङ र डुअल च्यानल एबिएस लगायत फिचर दिइएको छ ।

१३४० एमएम लामो ह्विलबेश भएको बाइकमा १६० एमएम ग्राउन्ड क्लिरियन्स पाउन सकिन्छ भने सिट हाइट ८०० एमएम रहेको छ । बाइकको तौल २०७ किलोग्राम छ । यो मोटरसाइकल तीन भिन्न कलर अप्सनमा उपलब्ध हुनेछ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...