अब अनलाइनबाटै बागमती प्रदेशका पटके सवारी रुट इजाजतपत्र लिन सकिने

बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले पटके सवारी रुट इजाजतपत्र अनलाइनबाटै लिने कार्यको शुभारम्भ गरेका छन् । यातायात व्यवस्था सेवा कार्यालय सल्लाघारीमा उनले हिजो सो कार्यको शुभारम्भ गरेका हुन् ।

मन्त्री लम्सालले सङ्घीय सरकारका मन्त्रालयले सङ्घीयताको मर्मअनुरुप काम नगर्दा प्रदेश सरकारलाई काम गर्न बाधा पुगेको गुनासो गरे । प्रदेशलाई हस्तान्तरण गर्नुपर्ने कतिपय अधिकार सङ्घीय सरकारले आफैसँग राख्दा सेवाग्राहीले समयमै स्मार्ट लाइसेन्स पाउन नसकेको उनको भनाइ थियो ।

उनले भने “सङ्घीय सरकारले प्रदेशलाई अधिकार हस्तान्तरण गरे सेवाग्राहीलाई तत्कालै लाइसेन्स उपलव्ध गराउन सकिन्छ ।”

मन्त्री लम्सालले नयाँ प्रविधिको प्रयोगले समयको बचत हुनुका साथै राजस्व पनि अनलाइन मार्फतनै प्राप्त हुँदा काम छिटोछरितो हुने बताए । आगामी एक वर्षभित्रमा प्रदेश सरकारले प्रदेश यातायात कार्यालयलाई प्रविधिमैत्री बनाउने उनको भनाइ थियो ।

कार्यक्रममा मन्त्रालयका सचिव बलराम निरौलाले नयाँ प्रविधिमार्फत काम हुन थालेपछि कर्मचारीको भार घटेको र बिचौलियाको प्रवेश समेत अन्त्य हुने बताए । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक पोशराज पोखरेलले बागमती प्रदेशबाट सुरु भएको यो कार्य सातै प्रदेशमा विस्तार गर्नुपर्ने बताए ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनी श्रेष्ठले अब सेवाग्राहीले जुनसुकै समयमा घरमै बसेर काम लिन सकिने भएकाले कार्यालय धाउनुपर्ने बाध्यता हटेको बताए ।

कार्यक्रममा यातायात व्यवस्था सेवा कार्यालय सल्लाघारीका प्रमुख हरिहर पोख्रेलले अब पटके सवारी रुट इजाजतपत्र अनलाइनबाटै लिन सकिने बताए ।

सम्बन्धित समाचारहरू

सवारी चालक अनुमतिपत्र छपाइ तथा वितरणको काम प्रदेशस्तरबाटै

सवारी चालक अनुमतिपत्र छपाइ तथा वितरणको काम प्रदेशस्तरबाटै

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सवारी...

सरकारको कार्यसूची : लाइसेन्सका साथै पासपोर्ट र नागरिकता घर घरमै पु-याउने

सरकारको कार्यसूची : लाइसेन्सका साथै पासपोर्ट र नागरिकता घर घरमै पु-याउने

काठमाडौं – नवनियुक्त प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले...

स्मार्ट लाइसेन्सको छपाई शुरु, माघ महिना सम्मका बाँकी सबैले स्मार्ट लाइसेन्स पाउने

स्मार्ट लाइसेन्सको छपाई शुरु, माघ महिना सम्मका बाँकी सबैले स्मार्ट लाइसेन्स पाउने

काठमाडौं – सात महिनाको पखाई पश्चात यातायात व्यवस्था विभागले स्मार्ट...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...