फर्च्युन ५०० सूचीमा बीवाईडीको महत्वपूर्ण छलाङ, उक्लियो १४३ नम्बरमा
विश्वकै अग्रणी यु इनर्जी भेइकल र पावर ब्याट्री निर्माता कम्पनी बीवाईडीले...
बीवाइडीको प्रिमियम इलेक्ट्रिक सेडान सील भारतमा पनि लोकप्रिय बन्न थालेको छ । लन्च भएको १५ दिनमै ५०० यूनिट बुकिङ भएर सीलले भारतमा आफ्नो बजार सुरक्षित गर्ने संकेत देखाएको हो । भारतमा यो कार मार्च ५ मा लन्च भएको थियो ।
सीलको बुकिङ अपेक्षा गरिएभन्दा राम्रो भएपछि बीवाइडी भारतका इलेक्ट्रिक प्यासेन्जर भेइकल बिजनेस हेर्ने वरिष्ट उपाध्यक्ष सञ्जय गोपाल कृष्णनले सीलको बजार भारतमा सुरक्षित रहेको प्रतिक्रिया दिए । उनले भने, ‘हामी हाम्रो उत्पादन र मूल्य निर्धारणमा विश्वस्त छौं र यसले बजारमा आएको प्रतिक्रिया देखेर खुसी छौं । हामीले लन्च भए लगत्तै २०० बुकिङ पायौ र १५ दिनभित्र ५०० बुकिङहरू दर्ता गरेका छौं ।’
भारतमा सिल सिंगल र डुअल मोटर अप्सनका साथ तीनवटा भेरियन्टमा उपलब्ध छ । जसको सुरुवाती मूल्य ४१ लाख भारु निर्धारण गरिएको छ । सीलको बेस डायनामिक ट्रिममा ६१.४४ किलोवाट आवरको ब्याट्री प्याक प्रयोग भएको छ भने यसले सिंगल चार्जमा ५१० किलोमिटर रेन्ज दिन्छ ।
प्रिमियम र पर्फमेन्स भेरियन्टमा ८२.५६ किलोवाट आवरको ब्याट्री प्रयोग गरिएको छ र यसले सिंगल चार्जमा ६५० किलोमिटर रेन्ज प्रदान गर्ने दाब िगरिएको छ ।
बीवाइडी सील नेपाली बजारमा समेत उपलब्ध रहँदै आएको प्रिमियम इलेक्ट्रिक सेडान हो । नेपाली बजारमा पनि यो कार तिनवटै भेरिएन्टमा उपलब्ध छ । नेपालमा यसको सुरुवाती मूल्य १ करोड ५ लाख रुपैयाँ निर्धारण गरिएको छ ।
विश्वकै अग्रणी यु इनर्जी भेइकल र पावर ब्याट्री निर्माता कम्पनी बीवाईडीले...
काठमाडौं–बीवाईडीले आफ्नो प्लग–इन हाइब्रिड टेक्नोलोजीको नयाँ भर्सन...
चीनमा बनेको बीवाईडीको इलेक्ट्रिक कारले सवारी साधन निर्माता कम्पनीहरु...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...