१ करोड ८७ लाखमा लन्च भयो निसानको नयाँ एक्स–ट्रेल ‘ई–पावर’
काठमाडौं– निसान गाडीको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले...
अपडेट गरिएको निसान म्याग्नाइटको प्रोटोटाइप पहिलो पटक परीक्षण गरिएको छ । भारतको चेन्नईमा परिक्षण हुँदै गर्दा उक्त क्रसओभर देखापरेको हो । म्याग्नाइट फेसलिफ्टलाई निसानले यसै वर्ष लन्च गर्ने योजना बनाएको छ ।
कारको एक्सटेरियरमा खासै परिवर्तन नभएपनि स्पोइलर र पुनः डिजाइन गरिएको टेल ल्याम्प क्लस्टर देखिएको छ । कारमा रुफ रेल र शार्क फिन एन्टेना पनि देखिन्छ ।
भित्री भागमा पनि सामान्य परिवर्तन हुनसक्ने अनुमान गरिएको छ । हाल बिक्री हुँदै आएको मोडलमा वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले, रियर एसी भेन्ट्सको साथ अटोमेटिक क्लाइमेट कन्ट्रोल सहितको ८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम जस्ता सुविधाहरू छन् । यी फिचरमा केही अपग्रेड हुनसक्ने अनुमान गरिएको छ ।
म्याग्नाइट फेसलिफ्ट १.० लिटर, ३ सिलिन्डर पेट्रोल र १.० लिटर टर्बो–पेट्रोल इन्जिनमा आउन सक्ने आँकलन गरिएको छ । क्रसओभर सेग्मेन्टमा निकै नै लोकप्रिय वनेको म्याग्नाइट नेपाली बजारमा समेत रुचाइएको एसयूभी हो । यसको फेसलिफ्ट मोडल भारतमा लन्च भए लगत्तै नेपाली बजारमा समेत आउनेछ ।
काठमाडौं– निसान गाडीको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले...
आर्थिक मन्दीका कारण अहिले बजारमा समग्र उपभोग्य सामग्रीको खपतमा कमी...
जापानका दुई ठूला अटो ब्रान्ड निशान र होन्डा मर्जरको तयारीमा छन् । विशेषगरी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...