यस्तो हुनेछ स्कोडाको सबैभन्दा सानो र सस्तो कार एपिक, सार्वजनिक भयो कन्सेप्ट मोडल

स्कोडा अटोले इन्ट्री लेभल इलेक्ट्रिक कार एपिकको कन्सेप्ट मोडल ल्याएको छ । यो कम्पनीको अहिलेसम्मकै सबैभन्दा सानो र सस्तो कार हुनेछ । कम्पनीले यसलाई २०२५ सम्ममा विश्व बजारमा लन्च गर्ने छ, त्यसपछि यसलाई भारतीय र नेपाली बजारमा लन्च गर्ने छ ।

कम्पनीका अनुसार नयाँ इलेक्ट्रिक कारको मूल्य २५ हजार युरो हुनेछ । यसले विश्व बजारमा फक्सवागन आईडी.२ इलेक्ट्रिक ह्याचब्याक र टाटा नेक्सनसँग प्रतिस्पर्धा गर्नेछ । यो कम्पनीको दोस्रो इलेक्ट्रिक कार हुनेछ ।

कम्पनीले कारको स्पेसिफिकेशनको बारेमा खुलासा गरेको छैन, तर मिडिया रिपोर्टका अनुसार स्कोडाले यसमा २ ब्याट्री प्याकको विकल्प प्रदान गर्न सक्छ । यसमा ३८ किलोवाट र ५६ किलोवाट ब्याट्री प्याक युनिट हुन सक्छ । सो कारले फुल चार्ज गरेपछि ४०० किलोमिटर रेन्ज प्रदान गर्नेछ ।

सो इलेक्ट्रिक कार एमईबी प्लेटफर्ममा आधारित हुनेछ । एपिक ईभीको फ्रन्टमा स्कोडा वर्डमार्कको साथै स्कलप्ड बोनट र एलईडी लाइटिङ एलिमेन्ट दिइएको छ । यसको रियरमा टी आकारको एलईडी टेललाइट तथा टेलगेटमा स्कोडाको डार्क क्रोम ब्याजिङ दिइएको छ ।

स्कोडा एपिकको लम्बाइ करिब ४.१ मिटर र ह्विलबेस २६०० एमएम छ । सो कारमा ४९५ एमएमको बुट स्पेस दिइएको छ । कारको क्याबिनमा ड्युअल टोन थिम दिइएको छ । यसमा टु स्पोक स्टेयरिङ ह्विल, ५.३ इन्चको ड्राइभर डिस्प्ले र १३ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम रहेको छ । स्कोडाले यसको क्याबिनमा वायरलेस चार्जिङलगायत धेरै उपयोगी फिचर रहेको बताएको छ ।

स्कोडाले २०२६ सम्ममा भारतीय बजारमा ६ नयाँ इलेक्ट्रिक कार लन्च गर्नेछ । स्कोडाका नयाँ इलेक्ट्रिक कार कम्प्याक्ट, स्मल, कम्बी र स्पेस गरी चार प्रकारका हुनेछन् ।

सम्बन्धित समाचारहरू

नाडा अटो शो २०२४ मा ७७० बीवाईडी गाडी बुकिङ

नाडा अटो शो २०२४ मा ७७० बीवाईडी गाडी बुकिङ

नेपालका लागि बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिका अनुसार ६...

महानायक राजेश हमाल अब जिपलाइफमा, किने जिप कम्पास

महानायक राजेश हमाल अब जिपलाइफमा, किने जिप कम्पास

काठमाडौं – महानायक राजेश हमाल नयाँ जिप कम्पासको साथमा जिपलाइफमा प्रवेश...

बीवाईडी एसिया प्यासिफिक अटो सेल्सका महाप्रबन्धक लिउ जुलियाङको नेपाल भ्रमण सम्पन्न

बीवाईडी एसिया प्यासिफिक अटो सेल्सका महाप्रबन्धक लिउ जुलियाङको नेपाल भ्रमण सम्पन्न

काठमाडौं- बीवाईडी एसिया प्यासिफिक अटो सेल्स डिभिजनका महाप्रबन्धक लिउ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...