यस्तो छ ५०० किमी सम्म रेन्ज दिने इलेक्ट्रिक कार ओरा गुड क्याटका सबै भेरिएन्टको विशेषता र मूल्य
काठमाडौं – नेपाली बजारमा हालै उपलब्ध इलेक्ट्रिक कार ओरा गुड क्याटको तीन...
काठमाडौं – राइड सेयरिङ प्लेटफर्म टुटलले राइडरहरुलाई एनआईयू ब्रान्डका विद्युतीय स्कुटर खरिद गर्नका लागि ५० हजार रुपैयाँ सहयोग गर्ने भएको छ ।
यसका लागि टुटल र एनआईयूको नेपालका लागि आधिकारिक वितरक इको इन्फिनिटी बिच एक साझेदारीको घोषणा भएको छ ।
यसले प्रयोगकर्तालाई दैनिक यात्राका क्रममा पर्यावरण- अनुकूल विकल्प छनौट गर्न र आफ्ना कारण हुने कार्बन उत्सर्जन घटाउन सहयोग पुर्याउनेछ । टुटलले आफ्ना राइडरहरूका लागि "हन्ट" (Hunt) नामक नयाँ लक्ष समेत घोषणा गरेको छ ।
जसले सबैभन्दा धेरै राइड पूरा गर्न र कमाई बढाउन सहयोग पुर्याउनेछ । दैनिक, साप्ताहिक वा मासिक रूपमा त्यस्ता लक्ष रहने बताइएको छ । "प्रत्येक हन्ट समापनमा राइडरलाई उनीहरूले पूरा गरेका लक्षको आधारमा नगद पुरस्कार प्रदान गरिनेछ । यसबाट राइडरहरूको आयमा बृद्धि हुनेछ," कम्पनीले अगाडि भनेको छ ।
५० प्रतिशत राइडरहरू विद्युतीय सवारीमा परिवर्तन होऊन् भन्ने आफ्नो चाहना भएको टुटलका प्रबन्ध निर्देशक रुबिक जोशीले बताए । "जसले भविष्यमा देशको वातावरणलाई सुधार्न मद्दत गर्नेछ," उनले भने । "भावी पुस्ताका लागि हरित र स्वच्छ वातावरण बनाउने यो हाम्रो सानो पहल हो ।"
यात्रुहरूलाई विद्युतीय सवारी प्रयोग गर्न प्रोत्साहित गर्ने उद्देश्यका साथ टुटलले तीन महिने अभियान समेत सुरु गरेको छ । जसमा राइडरहरूले न्यु स्कुटर जित्नका लागि अभियान अवधिभर ३०० राइड पूरा गर्नु पर्नेछ ।
वातावरणमैत्री यातायातको प्रवर्द्धन गरी स्वच्छ वातावरणलाई बढावा दिने र नेपालको यातायात परिदृश्यमा क्रान्ति ल्याउने उद्देश्यका साथ यस किसिमको सहकार्य थालिएको टुटलले जनाएको छ ।
काठमाडौं – नेपाली बजारमा हालै उपलब्ध इलेक्ट्रिक कार ओरा गुड क्याटको तीन...
काठमाडौं– याडिया इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक कुजु...
चिनियाँ विद्युतीय कार निर्माता कम्पनी बीवाईडीले सन् २०२५ मा करिव २२ लाख ५५...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...