ट्रान्स हिमालय एडभेन्चर चैत १९ देखि, जोमसोम सम्म टुरिङ -याली हुने

काठमाडौं – ट्रान्स हिमालय एडभेन्चरको पहिलो संस्करण आगामी चैत १९ गतेदेखि सुरु हुने भएको छ । नेपाल अटोमोबाइल्स एसोसिएसनको मोटरसाइकल र टुरिङ कमिसनको संयुक्त आयोजनामा हुने कार्यक्रम चैतको १९ देखि २३ गतेसम्म सञ्चालन हुने भएको हो ।

नेपाललाई विश्वकै मोटर स्पोर्ट्सको गन्तव्य बनाउने अभियानमा सहयोग पुर्याउने उद्देश्यले आयोजना हुने कार्यक्रममा काठमाडौं देखि पोखरा, जोमसोम, पोखरासम्म मोटरसाइकल टुरिङ -याली हुनेछ ।

कार्यक्रमको दौरान बन्दीपुर, पोखरा, घान्द्रुक, वाग्लुङ, तातोपानी, रुप्से झरना, लेते, कागबेनी, मार्फा, धुम्बाताल, जोमसोम, मुक्तिनाथ, लुम्ले र कुस्माको फोटोग्राफी, भिडियोग्राफी सहित सेफ्टी राइडिङ सम्वन्धी जनचेतनामूलक कार्यक्रम समेत हुनेछ ।

जोमसोममा मोटोखाना रेसिङ, सेल्फी च्यालेञ्ज तथा सेफ राइडिङ र ट्यालेन्ट हन्ट सम्बन्धी विभिन्न क्रियाकलाप हुने आयोजना नासा नेपालले जनाएको छ । राष्ट्रिय खेलकद परिषद् र अन्तर्राष्ट्रिय मोटरसाइकल फेडरेसनको सहयोग तथा गण्डकी अटोमोबाइल्स एसोसिएसनको प्राविधिक सहयोगमा हुने कार्यक्रम पोखरामा हुने मोटो इन्डुरो च्याम्पियनसिपमा आएर समापन हुनेछ ।

कार्यक्रम संयोजक अनिलकुमार बरालले ट्रान्स हिमालय एडभेन्चरले नेपाली खेलकुद तथा पर्यटनमा छुट्टै पहिचान बनाउने बताए । राष्ट्रिय खेलकुद परिषद्ले नेपालको साहसिक तथा पर्वतीय खेलकुदमा लिएको चासो दिगो खेल पर्यटनको आधार बन्ने विश्वास देखिएको बरालले बताए ।

सम्बन्धित समाचारहरू

असोज २९ मा महिला मोटर -याली हुने

असोज २९ मा महिला मोटर -याली हुने

काठमाडौं – नेपाली मोटर स्पोर्ट्सको क्षेत्रमा मात्र नभै विश्वको अटोमोबाइल...

नेपाली ड्राइभर र राइडरलाई मद्रासमा मोटरिङको अवसर

नेपाली ड्राइभर र राइडरलाई मद्रासमा मोटरिङको अवसर

काठमाडौं – नेपाली मोटरसाइकल रेसर तथा कार्ट्स ड्राइभरहरूले मद्रासको...

सडक सुरक्षा सम्बन्धी प्रदेशस्तरिय कार्यक्रम लेखनाथमा सम्पन्न, बन्यो १० सदस्यीय कार्यसमूह

सडक सुरक्षा सम्बन्धी प्रदेशस्तरिय कार्यक्रम लेखनाथमा सम्पन्न, बन्यो १० सदस्यीय कार्यसमूह

पोखरा – भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको ‘नेसनल रोड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...