लन्च हुने अन्तिम तयारीमा हुन्डाईको नयाँ आयोनिक भी, आकर्षक मूल्यमै ६५० किमीसम्म रेन्ज
काठमाडौं–हुन्डाईले चिनियाँ बजारमा आफ्नो आयोनिक ब्रान्डको पहिलो मोडल...
स्कोडा अटोले आज नयाँ इलेक्ट्रिक एसयूभी सार्वजनिक गर्ने तयारी गरेको छ । सार्वजनिक गर्नुअघि चेक अटोले सो एसयूभीको पहिलो झलक दिने भिडियो जारी गरेको छ ।
कम्पनीको सो इलेक्ट्रिक कार स्कोडाको ईभी सेगमेन्टमा अहिलेसम्मकै सबैभन्दा सानो र किफायती कार हुनेछ । कम्पनीले सो कार पहिले विश्वव्यापी बजारमा लन्च गर्नेछ त्यसपछि मात्र भारतमा लन्च गर्ने सम्भावना रहेको छ । नेपाली बजारमा पनि केही पछि सार्वजनिक हुने अनुमान गर्न सकिन्छ । साथै स्कोडा इन्डियाले यस वर्षको अन्त्यसम्म घरेलु बजारमा इनयाक ईभी लन्च गर्ने योजना बनाएको छ । कम्पनीले आफ्नो नयाँ इलेक्ट्रिक कारको मूल्य लगभग २५ हजार युरो हुने बताएको छ ।
कम्पनीले आफ्नो आगामी ईभीको बारेमा धेरै जानकारी साझा गरेको छैन । टिजर भिडियोमा यो ह्याचब्याक जस्तो स्टाइल र स्लिम एलईडी हेडलाइटको साथ फ्रन्टमा स्लिम एलईडी र इल्युमिनेटेड स्कोडा लोगो देख्न सकिन्छ । तर, रिपोर्टका अनुसार सो इलेक्ट्रिक कार फक्सवागन ग्रुपको एमईबी एन्ट्री प्लेटफर्ममा आधारित हुने सम्भावना छ ।
सो कारमा ब्याट्री प्याकका दुई विकल्प उपलब्ध हुने सम्भावना छ । स्कोडाले सो ईभीमा ३८ किलोवाट र ५६ किलोवाटतको ब्याट्री जोड्ने सम्भावना छ । एक पटक चार्जमा यसले ४५० किलोमिटरको रेन्ज हुने अपेक्षा गरिएको छ । विश्व बजारमा यसले फक्सवागन आईडीडट२ इलेक्ट्रिक ह्याचब्याकसँग प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ ।
साथै स्कोडाले हाल भारतमा लन्चको लागि इनयाक ईभीको परीक्षण गरिरहेको छ । कम्पनीका अनुसार यसले ६.७ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ । यसमा ८२ किलोवाटको ब्याट्री प्याक दिइएको छ, जसले एक पटक चार्जमा ५०० किलोमिटरभन्दा बढीको रेन्ज प्रदान गर्छ । फास्ट चार्जरको मदतले यसलाई १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न २८ मिनेट मात्र लाग्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...