उज्वेकिस्तानबाट पनि शुरु भयो बीवाईडीको उत्पादन, वार्षिक ३ लाख गाडी उत्पादन गर्ने योजना
काठमाडौं– बीवाईडीले उज्वेकिस्तानबाट समेत आफ्नो न्यू इनर्जी भेइकल...
चिनियाँ ईभी निर्माता बीवाइडीले आफ्नो लोकप्रिय इलेक्ट्रिक क्रसओभर एट्टो–३ को अपडेटेड भर्सन सार्बजनिक गरेको छ । अपडेटेड मोडलको भित्र र बाहिर धेरै कस्मेटिक परिवर्तन गरिनुको साथै नयाँ फिचर थप गरिएको छ ।
सो ईभीको बडीमा नयाँ कसमस ब्ल्याक पेन्ट स्किम दिइएको छ भने विन्डो वरिपरि र डी पिलर इन्सर्टमा ग्लोस ब्ल्याक ट्रिम पाउन सकिन्छ । पछिल्लो भागमा हालको मोडलमा देखिएको ’बिल्ड योर ड्रीम्स’ लोगोलाई प्रतिस्थापन गर्दै छोटो बीवाइडी अक्षरहरू राखिएको छ । साथै यसमा नयाँ डिजाइन गरिएको १८ इन्च एलोई ह्विल दिइएको छ ।
कारको इन्टेरियरमा सील सेडानबाट लिइएको १५.६ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली राखिएको छ । क्याविनमा गाढा निलो र कालो रङको उचित समिश्रण पाउन सकिन्छ । सो नयाँ मोडलमा बीवाइडीले ब्रेक पेडल थिचेर कार स्टार्ट गर्न अनुमति दिने ‘इन्टेलिजेन्ट स्टार्ट’ सिस्टम समेत थप गरेको छ ।
अपडेट गरिएको सो नयाँ मोडलको मूल्य भने घोषणा गरिएको छैन । यो ईभी चाँडै नै अन्तर्राष्ट्रिय बजारमा बिक्री हुने र लगत्तै नेपाली बजारमा समेत आउने अनुमान गर्न सकिन्छ ।
काठमाडौं– बीवाईडीले उज्वेकिस्तानबाट समेत आफ्नो न्यू इनर्जी भेइकल...
काठमाडौं – आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुनुअघि नै कोरला नाका...
काठमाडौं–बीवाईडी गाडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...