कलैयाबाटै सवारी चालक अनुमति पत्र वितरण हुने

वीरगञ्ज - यातायात व्यवस्था कार्यालय बाराले अब कलैयाबाट सवारी अनुमतिपत्र (लाइसेन्स) वितरण गर्ने भएको छ । २०८० मंसिर २५ मा कार्यालय स्थापना भएसँगै  पहिलो पटक लाइसेन्स दिने काम अगाडि बढेको छ । 

मधेश प्रदेश यातायात व्यवस्था कार्यालय कलैयाबाट लाइसेन्स वितरणको प्रकृया अगाडि बढाइएको कार्यालय प्रमुख नवाज हुसैनले जानकारी दिए । यसअघि सवारी दर्ता, लाइसेन्स नविकरणको काम मात्रै हुने गरेकोमा अब लाइसेन्स नै वितरणको जिम्मेवारी पाएको कार्यालय प्रमुख हुसेनले बताए । उनका अनुसार अब मोटरसाइकल  स्कुटिदेखि जीप, कार, अटो रिक्सा, ट्याक्टर जस्ता हलुका सवारी साधनको लाइसेन्स पितरण गर्ने अधिकार कार्यालयले पाएको छ । 

अधिकार पाएसँगै लाइसेन्सका लागि फाराम खुल्ला भइसकेको पनि हुसेनले जानकारी दिए । अब धमाधम लाइसेन्स वितरणको कार्य शुरु हुने उनले बताए । लाइसेन्स वितरणका लागि आवश्यक पूर्वाधारसमेत कार्यालयले निर्माण गरिसकेको हुसेनले बताए ।

कार्यालय नजिकै रहेको गंगापुर ३ स्थित ‘सवारी ट्रायल सेन्टर’ निर्माण भइसकेको छ । सरकारलाई कुनै भार नपर्ने गरी सो सवारी ट्रायल सेन्टर सञ्चालनमा आएको कार्यालय प्रमुख हुसेनले बताए ।

शुरुमा हलुका सवारीको लाइसेन्स वितरण गर्ने र विस्तारै सबैखाले वितरण गर्ने नीति लिइने कार्यालयले जनाएको छ । यसअघि यातायात कार्यालय बारालाई लाइसेन्स वितरणको अधिकार नहुँदा जिल्लाका हजारौँ सेवाग्राही वीरगञ्ज पुग्नुपर्ने बाध्यता हटेको छ ।

सम्बन्धित समाचारहरू

ट्राफिक कारवाहीमा परेमा अब यसरी थाहा पाउन सकिने छ आफ्नो ब्लुबुक र लाइसेन्सको स्थिति

ट्राफिक कारवाहीमा परेमा अब यसरी थाहा पाउन सकिने छ आफ्नो ब्लुबुक र लाइसेन्सको स्थिति

काठमाडौं – ट्राफिक कारवाहीमा परी तपाईको ब्लुबुक वा लाइसेन्स ट्राफिक...

लाइसेन्सको लिखित परीक्षामा सोधिने ५ सय प्रश्न सार्वजनिक, परीक्षा पास गर्न सहज हुने

लाइसेन्सको लिखित परीक्षामा सोधिने ५ सय प्रश्न सार्वजनिक, परीक्षा पास गर्न सहज हुने

काठमाडौं – यातायात व्यवस्था विभागले सवारी अनुमति पत्र (लाइसेन्स) का लागि...

सवारीचालक अनुमतिपत्र अब प्रदेशबाटै

सवारीचालक अनुमतिपत्र अब प्रदेशबाटै

काठमाडौं – सरकारले सवारीचालक अनुमतिपत्र अब प्रदेशबाटै वितरण गर्ने घोषणा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...