पोखरामा पहिलो पटक मोटर स्पोर्ट्सको मार्सल तालिम सम्पन्न

पोखरा – पोखरा राइडर्स क्लबको आयोजनामा पोखरामा पहिलोपटक मोटर स्पोर्ट्सको मार्सल तालिम सम्पन्न भएको छ । आउँदो चैत्र २३ र २४ मा हुने पोखरा मोटो इन्डुरो क्रस च्याम्पियनसिपको लागि आवश्यक मार्सलको लागि सो तालिम शनिबार संचालन गरिएको हो ।

गण्डकी अटोमोबाइल एसोसिएसनका अध्यक्ष शिव श्रेष्ठको उपस्थितिमा भएको सो तालिममा ३५ पुरुष र १० महिलालाई गरी ४५ जनालाई बेसिक मार्सल तालिम प्रदान गरिएको छ ।

खेलाडीको कुशलता, सिर्जनशीलता र साहसको संयोजन रहेको रेसिङले युवाहरुमाझ एउटा छुट्टै पहिचान बनाएर पोखरा र नेपालको पर्यटनमा टेवा पु¥याउन सक्ने क्षमता रहेको कुरा व्यक्त गदै श्रेष्ठले आयोजक तथा खेलाडीलाई शुभकामना दिए ।

पोखरा मोटो इन्डुरो क्रसको लागि खेलाडीको सुरक्षा, कम्पिटिसनको फेयरनेस र आवश्यक प्राविधिक जनशक्तिको लागि यो तालिम अत्यन्त फलदायी रहेको कुरा कार्यक्रम सञ्चालक जगत धोलीले बताएका छन् ।

नेपाल अटोमोबाइल एसोसिएसनका मार्सल तथा ट्रेनिङ कमिसनबाट आएका प्रशिक्षक यदुराज लामिछाने, आशिष रौनियार र क्षितिज श्रेष्ठले रेसमा प्रयोग हुने झण्डा, साइन सिग्नल, सेफ्टी गियर ग्याजेट्स, इमरजेन्सी रेस्पन्स, इभेन्ट रिर्पोटिङ्ग र मार्सलको भूमिकाको बारेमा तालिम दिएका थिए ।

नेपाली युवाहरुमा साहसिक खेलकुदप्रतिको रुचि अत्यधिक बढिरहेको अवस्थामा पोखराको बाम्दि भिर र खोला किनारको क्षेत्र प्रयोग गरी मोटरसाइकल र एटिभीमा गरिने सो रेसले पोखराको नयाँ आकर्षण केन्द्र बन्ने कुरा क्लबका अध्यक्ष सोनिक क्षेत्रीले बताएका छन् ।

सम्बन्धित समाचारहरू

राजन पिया नासा नेपाल बागमती प्रदेश अध्यक्षमा चयन

राजन पिया नासा नेपाल बागमती प्रदेश अध्यक्षमा चयन

चितवन – नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) बागमती प्रदेशको अध्यक्षमा...

टु ह्विल टुरिङ : बाइकमा कसरी जाने पाथीभरा ?

टु ह्विल टुरिङ : बाइकमा कसरी जाने पाथीभरा ?

ताप्लेजुङ जिल्लाको पहाडी भागमा पाथीभरा देवीको मन्दिर अवस्थित छ । हिन्दु र...

‘पोलिसी डायलग अन अटोमोबाइल एन्ड बेटर मोबिलिटी’ हुने, प्रतिष्ठित व्यक्तित्वहरु सहभागी हुने

‘पोलिसी डायलग अन अटोमोबाइल एन्ड बेटर मोबिलिटी’ हुने, प्रतिष्ठित व्यक्तित्वहरु सहभागी हुने

नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले आगामी साउन १७ र १८ गते अर्थात...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...