टाटा मोटर्सले स्टेलान्टिससँग साझेदारी गरी जीप र सिट्रोनका नयाँ गाडी उत्पादन गर्ने
टाटा मोटर्सले स्टेलान्टिससँगको दुई दशकभन्दा लामो साझेदारीलाई थप विस्तार...
टाटा मोटर्सले आफ्नो लोकप्रिय इलेक्ट्रिक एसयुभी नेक्सनमा भारी छुट योजना ल्याएको छ । कम्पनीले नेक्सन ईभी म्याक्सको प्रि–फेसलिफ्ट संस्करणमा ठूलो छुट दिएको हो । भारतमा सो इलेक्ट्रिक एसयुभीको २०२३ मोडललाई कम्पनीले ५ लाख ४ हजार ( ३ लाख १५ हजार भारु) रुपैयाँ छुटमा बिक्री गर्ने अफर ल्याएको हो ।
मिडिया रिपोर्टका अनुसार, डीलरशिपहरूले २ लाख ६५ हजार भारु नगद छुट र ५० हजार एक्सचेन्ज बोनसको अफर दिएर नेक्सन ईभी म्याक्सको २०२३ मोडललाई बिक्री थालेका हुन् । यसको फेसलिफ्ट संस्करणमा भने टाटाले जम्मा २० हजार भारु छुट दिएको छ ।
यसैगरी २०२३ नेक्सन ईभी प्राइममा २ लाख ३० हजार भारु नगद छुट र ५० हजार भारु एक्सचेन्ज बोनस दिइएको छ । टियागो र टिगोर ईभीमा १ लाख ५ हजार भारुसम्म छुट प्रदान गरिएको छ ।
भारतीय बजारमा सर्बाधिक बिक्री हुँदै आएको नेक्सन ईभीको म्याक्स भेरिएन्टमा ४०.५ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ भने प्राइम भेरिएन्टमा ३०.२ किलोवाट आवरको ब्याट्री प्याक पाउन सकिन्छ । यी दुई भेरिएन्टको रेन्ज क्रमश ४३७ र ३१२ किलोमिटर दावी गरिएको छ ।
नेक्सन नेपाली बजारमा समेत रुचाइएको इलेक्ट्रिक एसयूभी हो । नेपाल आएको सुरुवाती समयमा एकछत्र जस्तै बजार लिन सफल यो एसयुभी हालका दिनमा भने चिनियाँ ब्राण्डको बढ्दो लोकप्रियताका कारण ओझेलमा पर्दै गएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...