भारतमा टाटा नेक्सन ईभीमा ५ लाख सम्म छुट

टाटा मोटर्सले आफ्नो लोकप्रिय इलेक्ट्रिक एसयुभी नेक्सनमा भारी छुट योजना ल्याएको छ । कम्पनीले नेक्सन ईभी म्याक्सको प्रि–फेसलिफ्ट संस्करणमा ठूलो छुट दिएको हो । भारतमा सो इलेक्ट्रिक एसयुभीको २०२३ मोडललाई कम्पनीले ५ लाख ४ हजार ( ३ लाख १५ हजार भारु) रुपैयाँ छुटमा बिक्री गर्ने अफर ल्याएको हो ।

मिडिया रिपोर्टका अनुसार, डीलरशिपहरूले २ लाख ६५ हजार भारु नगद छुट र ५० हजार एक्सचेन्ज बोनसको अफर दिएर नेक्सन ईभी म्याक्सको २०२३ मोडललाई बिक्री थालेका हुन् । यसको फेसलिफ्ट संस्करणमा भने टाटाले जम्मा २० हजार भारु छुट दिएको छ ।

यसैगरी २०२३ नेक्सन ईभी प्राइममा २ लाख ३० हजार भारु नगद छुट र ५० हजार भारु एक्सचेन्ज बोनस दिइएको छ । टियागो र टिगोर ईभीमा १ लाख ५ हजार भारुसम्म छुट प्रदान गरिएको छ ।

भारतीय बजारमा सर्बाधिक बिक्री हुँदै आएको नेक्सन ईभीको म्याक्स भेरिएन्टमा ४०.५ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ भने प्राइम भेरिएन्टमा ३०.२ किलोवाट आवरको ब्याट्री प्याक पाउन सकिन्छ । यी दुई भेरिएन्टको रेन्ज क्रमश ४३७ र ३१२ किलोमिटर दावी गरिएको छ ।

नेक्सन नेपाली बजारमा समेत रुचाइएको इलेक्ट्रिक एसयूभी हो । नेपाल आएको सुरुवाती समयमा एकछत्र जस्तै बजार लिन सफल यो एसयुभी हालका दिनमा भने चिनियाँ ब्राण्डको बढ्दो लोकप्रियताका कारण ओझेलमा पर्दै गएको छ ।

सम्बन्धित समाचारहरू

सस्तो भयो टाटा नेक्सन र टियागो ईभी, १ लाख २० हजार भारु सम्मले घट्यो मूल्य

सस्तो भयो टाटा नेक्सन र टियागो ईभी, १ लाख २० हजार भारु सम्मले घट्यो मूल्य

टाटा मोटर्सले नेक्सन र टियागो ईभीको मुल्य १ लाख २० हजार भारुसम्मले कम गरेको...

अब इटहरीमा पनि टाटा म्याजिक बीएस६, गरियो भव्य लन्च

अब इटहरीमा पनि टाटा म्याजिक बीएस६, गरियो भव्य लन्च

इटहरी – नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

‘मेड इन नेपाल’ यात्री मोटरसाइकल उत्पादन गर्न यात्री र सिप्रदी बिच सहकार्यको घोषणा

‘मेड इन नेपाल’ यात्री मोटरसाइकल उत्पादन गर्न यात्री र सिप्रदी बिच सहकार्यको घोषणा

यात्रीका उत्पादन विकास, निर्माण र प्रवर्धन गर्नका लागि यात्री र सिप्रदी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...