चीनमा बनेको बीवाईडीको इलेक्ट्रिक कार बन्यो २०२३ जापान ईभी अफ द इयर

चीनमा बनेको बीवाईडीको इलेक्ट्रिक कारले सवारी साधन निर्माता कम्पनीहरु धेरै भएको जापानमा ‘२०२३ जापान ईभी अफ द इयर’ अवार्ड प्राप्त गरेको छ ।

बीवाईडी डल्फिनले सो अवार्ड प्राप्त गरेको हो । यति मात्र होइन, बीवाईडीको अर्को इलेक्ट्रिक कार एट्टो ३ ले तेस्रो स्थान हासिल गरेको छ । सो प्रतिस्पर्धामा हुन्डाई कोनाले दोस्रो स्थान प्राप्त गरेको छ ।

जापानको ईभी बजारमा क्रियाशील मिडिया ईभीस्मार्ट र इनर्जी कन्सल्टेन्ट इनचेन्जले आयोजना गरेको सो प्रतियोगितामा पत्रकार र पाठकहरुले भोटिङ गरेका थिए । यसमा फक्सवागन आई.फोर, टेस्ला मोडल एस, एक्स र ३ तथा फियाट ५००ई र हुन्डाई कोना लगायतका सवारी साधन प्रतिस्पर्धामा सामेल थिए ।

यस अनुसार २४१ प्वाइन्ट पाएर डल्फिन पहिलो बन्यो भने कोनाले १५१ र एट्टो ३ ले १४५ प्वाइन्ट पाएका थिए ।

जापानमा धेरै सवारी साधन उत्पादन हुने भए पनि इलेक्ट्रिकमा भने त्यति धेरै लोकप्रिय छैनन् । फेरि यो वर्ष प्रतिस्पर्धामा सामेल १८ प्रतिस्पर्धी मध्ये ४ मोडल मात्र जापनिज थिए । त्यसमा लेक्सस आरजेड र तीन मोडलका भ्यान थिए ।

जापानमा सन् २०२३ को पहिलो हाफमा बिक्री भएका सवारी साधनमा प्योर ब्याट्री ईभी २ प्रतिशत मात्र रहेको बताइएको छ ।

सम्बन्धित समाचारहरू

यस्ता छन् टाटाको इलेक्ट्रिक कार नेक्सन ईभीको ३ भेरिएन्टमा उपलब्ध फिचर्स र मूल्य

यस्ता छन् टाटाको इलेक्ट्रिक कार नेक्सन ईभीको ३ भेरिएन्टमा उपलब्ध फिचर्स र मूल्य

लामो समयको प्रतीक्षापछि नेपाली बजारमा अन्ततः टाटाको इलेक्ट्रिक कार...

एमजी र नेटा भीको नयाँ मूल्यले नेक्सन ईभीको मूल्य स्थिर राख्न दवाव

एमजी र नेटा भीको नयाँ मूल्यले नेक्सन ईभीको मूल्य स्थिर राख्न दवाव

आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत सरकारले इलेक्ट्रिक कारको करमा फेरवदल...

जेठमा भित्रिए १५३ इलेक्ट्रिक कार, ११ महिनामा भित्रिए १७०४

जेठमा भित्रिए १५३ इलेक्ट्रिक कार, ११ महिनामा भित्रिए १७०४

काठमाडौं – गत जेठ महिनामा नेपाली बजारमा १५३ युनिट इलेक्ट्रिक कार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...