बागमती प्रदेशमा दुर्घटना घट्यो
चितवन – बागमती प्रदेशका १० जिल्लामा विजयादशमीका समयमा सवारी दुर्घटना...
काठमाडौं– भोलीदेखी सुरु हुने मनाङ मेनियामा सिएफ मोटो एटिभी राइडर पनि सहभागी हुने भएका छन् । विश्वभर प्रचलित रहेको सिएफ मोटोका मल्टि पर्पोज यूटिलिटी ट्रयाक्टरको क्रेज नेपालमा पनि उत्तिकै रहेको र यस्ता एड्भेचर राइडमा सहभागीता जनाउँदा साहसिक यात्राको साथै भाइचाराको बलियो उदाहरण विश्वलाई दिन सकिने विश्वासका साथ उक्त कार्यक्रममा सहभागी हुन लागिएको राइडरले जानकारी दिएका छन् ।
विश्वका विभिन्न देशमा साहसिक सावरी, मनोरन्जको सारथी र कृषि उपयोगीताको लागि प्रचलित क्वाड बाइक पेट्रोलबाट सन्चालित सवारीको एक अद्भुत आविष्कार रहेको नेपालका लागि आधिकारिक वितरक रिशी ट्रेड सेन्टरले जनाएको छ । २०२३ मा विश्वभर यस्ता बाइकहरुको वार्षिक विक्री ७ लाख युनिट रहेको छ । यी बाइक विशेषगरी नर्थ अमेरिका, यूरोप र ल्याटिन अमेरिकामा बढी मात्रामा बिक्री हुने गर्छन् ।
नेपालमा सन् २०१९ मा आयोजना भएको नाडा अटो शोमा कम्पनीले आफ्नो पहिलो मोडल जेड फोर्स ५०० ईएक्सलाई भित्र्याएको थियो । कम्पनीले हाल जेड फोर्स ८०० र सी फोर्स ५२० एल मोडलको समेत बिक्री गर्दै आएको छ । नेपालमा हाल पोखरा, मुस्ताङ, इलाम, नगरकोट र काठमाण्डौं आशपासका विभिन्न रिसोर्टहरुमा क्वाड बाइकको मज्जा लिन सकिन्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...