सडक सुरक्षाको लागि राजनीतिक पार्टी तथा सरकारलाई सुझाव दिइने
काठमाडौं – आम निर्वाचनको संघारमा नेपलका सडक यातायातको क्षेत्रलाई...
काठमाडौँ - नेपाल अटोमोबाइल्स एसोसिएसनको आयोजनामा गत शुक्रबार अन्तर्राष्ट्रिय तथा राष्ट्रिय प्रशिक्षकहरुद्वारा ३६ जना ड्राइभरहरुलाई ¥यालीक्रस र अटोक्रस सम्बन्धी तालिम दिएइको छ । अन्तर्रााष्ट्रिय अटोमोबाइल महासंघ (एफआईए)का एशिया प्यासिफिक स्पोर्ट्स कोअर्डिनेटर विजिथा विजेमाने उपस्थित सो तालिममा विभिन्न प्रशिक्षकहरुले सहभागीलाई ¥यालीक्रस र अटोक्रसमा ड्राइभरको भूमिका, दायित्व, ड्राइभिङ तरिका तथा ट्रयाकबारे थ्योरिटिकलका साथै प्राक्टिकल प्रशिक्षण प्रदान गरेका थिए ।
श्रीलंकन प्रशिक्षक विजिथा विजेमानेले ¥यालीक्रस र अटोक्रसको परिचय, अन्तर्राष्ट्रिय चलन तथा नियमहरुका साथै नेपालमा अपनाउन मिल्ने तरिकाहरु र रेसमा प्रयोग हुने झण्डा र सिग्नलबारेमा सहभागीलाई जानकारी दिए ।
नेपालका अन्तर्राष्ट्रिय रेसर आशिष भारतीले आफ्नो अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको अनुभव बाढ्दै रेसमा उपयोग गर्न मिल्ने सीप र सुझाव पनि व्यक्त गरे । त्यस्तै एसोसिएसनका उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय रेसर अनिल कुमार बरालले कुनै पनि रेसमा ड्राइभरमा हुनुपर्ने नैतिकता र अनुशासनको महत्वको र खेलाडीमा हुनै पर्ने स्पोर्ट्सम्यानसिपको बारेमा प्रस्तुति राखे । कार्यक्रमका संयोजक तथा एसोसिएसनका सचिव सन्तोष न्यौपानेले ड्राइभिङ सेफ्टी गियर तथा इक्विपमेन्टको बारेमा प्रस्तुत गरे ।
यसै अवसरमा उपाध्यक्ष बरालले नेपालको मोटरस्पोर्ट्स सम्बन्धी एकेडेमिक जर्नल बागमती प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव सुर्यलाल भण्डारीबाट विमोचन गरे ।
एफआईए ग्य्रान्ट प्रोगाम तथा बागमती खेलकुद विकास परिषदको सहयोगमा भएको यस तालिमको अन्तिम शत्रमा एफआईए एशिया प्यासिफिक स्पोर्ट्स कोअर्डिनेटर विजिथा विजेमाने, बागमती प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव सुर्यलाल भण्डारी, खेलकुद विज्ञान प्रतिष्ठानका अध्यक्ष कृष्ण प्रसाद तिमिलसिना र नेपाल अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष दशरथ रिसालले खेलाडीहरुलाई शुभकामना प्रदान गरे ।
त्यस्तै प्रशिक्षक तथा अफिसियलको निगरानीमा ललितपुरको मलपोखरीमा बनाइएको अस्थायी ट्रयाकमा रेसिङ सहितको प्राक्टििकल शेसन पनि सम्पन्न भएको छ । सो शेसनमा सिनियर खेलाडीले रेसमा ड्राइभिङ तरिका बताउदै डेमो रेस पनि गराइएको थियो ।
काठमाडौं – आम निर्वाचनको संघारमा नेपलका सडक यातायातको क्षेत्रलाई...
नोभेम्बर २३ र २४ मा सिंगापुरमा सम्पन्न एशिया प्यासिफिक स्तरीय एफआईए...
काठमाडौं – विगत एक दशक देखि नेपालको सडक र यातायात, सेफर मोविलिटि, स्मार्ट...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...