हेलमेटको एक्स्पायर डेट कति हुन्छ ? हेलमेट कहिले परिवर्तन गर्नुपर्छ ?

हेलमेट ट्राफिक नियमको अत्यावश्यक अंग भए पनि सेफ्टीका लागि यो झनै महत्वपूर्ण छ । ट्राफिक प्रहरीको कारवाहीबाट बन्चका लागि मात्र हेलमेट लगाउने पनि धेरै छन् । तर कैयौं पटक यस्तो गल्तीले गम्भीर घाइते वा ज्यान समेत जान सक्छ ।

तर हेलमेटको पनि एक्सपायर डेट हुने भएकोले कहिलेकाहीँ यसले समस्या पनि निम्त्याउन सक्छ । यस्तो अवस्थामा कहिले वा कुन अवस्थामा हेलमेट परिवर्तन गर्नुपर्छ त ?

हेलमेटको जीवन तबसम्म रहन्छ जबसम्म दुर्घटनामा पर्दैन वा दुर्घटनावश हेलमेट भुइँमा खस्दैन । हेलमेट गल्तीले पनि हातबाट भुइँमा खस्यो भने त्यही हेलमेटको जीवन समाप्त हुन्छ । तसर्थ, सधैं हेलमेट सुरक्षित राख्नु आवश्यक हुन्छ ।

रिपोर्टका अनुसार हेलमेट प्रतिष्ठित कम्पनीको भएमा यसको एक्सपायर डेट लामो हुन्छ र चाँडै बिग्रदैन । तर दुर्घटना भएको समयमा भने हेलमेट परिवर्तन गर्नुपर्छ किनकि दुर्घटनाको समयमा हेलमेटको भित्री भाग बिग्रने सम्भावना बढी हुन्छ ।

समयानुसार हेलमेटको भाइजरमा क्रयाक देखिन थाल्छ वा खराब हुन थाल्छ । तब त्यसलाई परिवर्तन गर्नुपर्छ । यसको ट्रान्सपेरेन्सीमा खराबी हुने भएकोले रातको समयमा यसमा पर्ने लाइट फैलिन्छ, जसले यसको भिजिबिलिटीमा कमी आउन थाल्छ र दुर्घटना हुने सम्भावना रहन्छ ।

हेलमेट खरिद गर्दा हेलमेटको डिजाइन, विन्डशिल्ड, चिन स्ट्रिप र थर्मोकोलमा विशेष ध्यान दिनुपर्छ । लोकल क्वालिटीको स्ट्रयाप चाँडै बिग्रन्छ । दुर्घटनाको समयमा यसले हेलमेटलाई समाइ राख्न सकिदैन । हेलमेट खरिद गर्दा यसमा भएको थर्मोकोललाई दबाएर हेर्नुपर्छ । थर्मोकोलमा औंला पस्नु हुँदैन । स्थानीय हेलमेटमा थर्मोकोलको गुणस्तर सबैभन्दा खराब हुन्छ ।

कार्बन फाइबरको हेलमेट सबैभन्दा हलुका र बलियो हुन्छ । हेलमेट किन्दा यसको साइजलाई ध्यानमा राख्नुपर्छ । यदि टाउकोको साइज ५८ सेमी छ भने ६० सेमीको हेलमेट किन्नुपर्छ । जसले गर्दा यसको फिटिङ राम्रो र आरामदायी हुन्छ ।

नयाँ हेलमेटको मूल्य १ हजारको हाराहारीमा छ भने सुरक्षाको दृष्टिकोणले राम्रो होइन । हेलमेट किन्दा यसको गुणस्तर र कामलाई हेर्नुपर्छ । यसले पनि हेलमेट कति राम्रो छ भनेर देखाउँछ ।

सम्बन्धित समाचारहरू

खल्तीबाट बसको टिकट काट्दा दुई जनालाई स्मार्टफोन

खल्तीबाट बसको टिकट काट्दा दुई जनालाई स्मार्टफोन

काठमाडौं – चाडपर्वको अवसरमा खल्तीले आफ्ना प्रयोगकर्ताहरूका लागि...

टिसर्ट, झोलादेखि मोटरसाइकलमा स्टिकर टाँसेर गरिने विज्ञापनमा पनि कर लाग्ने

टिसर्ट, झोलादेखि मोटरसाइकलमा स्टिकर टाँसेर गरिने विज्ञापनमा पनि कर लाग्ने

काठमाडौँ महानगरपालिकाले टिसर्ट, झोलादेखि मोटरसाइकलमा स्टिकर टाँसेर...

भन्सार छलेर आउने स्पेयर पार्ट्सको हिस्सा ४० प्रतिशत भन्दा बढी छ

भन्सार छलेर आउने स्पेयर पार्ट्सको हिस्सा ४० प्रतिशत भन्दा बढी छ

टु–ह्विलर स्पेयर पार्ट्सको कारोबारमा स्थापित नाम हो श्री अम्बा ग्रुप । यो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...