सब–कम्प्याक्ट एसयूभी लन्च गर्ने तयारीमा स्कोडा, मार्च २०२५ मा सार्वजनिक गर्नेछ पहिलो कार

स्कोडा अटो इन्डियाले सन् २०२६ सम्ममा भारतमा वार्षिक १ लाख कार बिक्री गर्ने लक्ष्य राखेको छ । यसका लािग कम्पनीले भारतमा नयाँ सब–कम्प्याक्ट एसयूभी लन्च गर्ने तयारी गरिरहेको छ । कम्पनीले आफ्नो वेबसाइट र सोशल मिडिया प्लेटफर्ममा आगामी सब–कम्प्याक्ट एसयूभीको झलक पेस गरेको छ । भारतमा सो नयाँ एसयूभीले टाटा नेक्सन र मारुती ब्रेजासँग प्रतिस्पर्धा गर्नेछ ।

मिडिया रिपोर्टका अनुसार नयाँ सब–कम्प्याक्ट एसयूभी एमक्युबी एओ इन प्लेटफर्ममा आधारित हुनेछ । कम्पनीले सो एसयूभी सन् २०२५ को पहिलो त्रैमासिकमा लन्च गर्न सक्नेछ । यद्यपि स्कोडाले सो एसयूभीको लन्च मिति, फिचर र इन्जिनका बारेमा कुनै जानकारी दिएको छैन ।

नयाँ सब–कम्प्याक्ट एसयूभीमा स्कोडा कुशाक र स्लाभियामा जस्तै १.० लिटर ३ सिलिन्डर, डाइरेक्ट इन्जेक्शन टर्बो पेट्रोल टीएसआई इन्जिन दिन सक्ने सम्भावना छ । सो इन्जिनले ११५ एचपी पावर र १७८ एनएमको टर्क जेनेरेट गर्छ । ट्रान्समिसनका लागि इन्जिनमा ६ स्पिड म्यानुअल र ६ स्पिड टर्क कन्भर्टर अटोमेटिक गियरबक्स हुनेछ ।

कम्पनीले आगामी सब–कम्प्याक्ट एसयूभीको नामका लागि सुझाव मागेको छ । विजेतालाई
नयाँ स्कोडा कार वा चेक राजधानी प्रागको यात्रा जित्ने मौका मिल्नेछ । तर सब–कम्प्याक्ट एसयूभीको नाम ‘के’ बाट सुरु भएर ‘क्यु’ मा अन्त्य हुनुपर्नेछ ।

सम्बन्धित समाचारहरू

स्कोडा कुशाक फेसलिफ्टको उत्पादन भारतमा सुरु, मार्च २०२६ देखि डेलिभरी हुने

स्कोडा कुशाक फेसलिफ्टको उत्पादन भारतमा सुरु, मार्च २०२६ देखि डेलिभरी हुने

भारतमा स्कोडा कुशाक फेसलिफ्टको उत्पादन औपचारिक रूपमा सुरु भएको छ। स्कोडा...

स्कोडाले २०२६ सम्ममा ६ नयाँ इलेक्ट्रिक कार लन्च गर्ने, सुपर्व र कोडियाक हाइब्रिड इन्जिनमा आउने

स्कोडाले २०२६ सम्ममा ६ नयाँ इलेक्ट्रिक कार लन्च गर्ने, सुपर्व र कोडियाक हाइब्रिड इन्जिनमा आउने

स्कोडा अटोले आफ्नो भावी योजना सार्वजनिक गरेको छ । यस अन्तर्गत २०२५ सम्म ६...

आज देखि स्कोडाको ‘स्प्रिङ चेकअप’ क्याम्प, यस्तो छ छुट र सुविधा

आज देखि स्कोडाको ‘स्प्रिङ चेकअप’ क्याम्प, यस्तो छ छुट र सुविधा

स्कोडा गाडीको नेपालका लागी आधिकारिक विक्रेता एमएडव्लू इन्टरप्राइजेजले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...