स्कोडाले एमक्युबी एओ प्लेटफर्ममा आधारित अर्को कम्प्याक्ट एसयूभी ल्याउने

स्कोडा अटोको कुशाक र स्लाभियाको सफलता पछि अब नयाँ एसयूभी ल्याउने योजना बनाएको छ । रिपोर्टका अनुसार स्कोडा अटोले फेब्रुअरी २७, २०२४ मा आफ्नो आगामी कारको बारेमा थप विवरणहरू सार्वजनिक गर्नेछ । कम्पनीको सो कम्प्याक्ट एसयूभी फाबियापछि पहिलो सब–४ मिटर मोडल हुनेछ ।

सो कम्प्याक्ट एसयूभी स्कोडा कुशाकको सानो समकक्ष हुने अपेक्षा गरिएको छ । सो कार एमक्युबी–एओ (इन) प्लेटफर्ममा पनि बनाइनेछ । हाल स्कोडा अटोको मुख्यतया तीनवटा कार बिक्रीका लागि उपलब्ध छन् । जसमा स्लाभिया सेडान, कुशाक मिड साइज एसयूभी र कोडियाक फुल साइज एसयूभी समावेश छ ।

रिपोर्टका अनुसार सो कम्प्याक्ट साइजको एसयूभीमा १.० लिटर टीएसआई इन्जिन र १.५ लिटर टीएसआई इन्जिन उपलब्ध गराइने बताइएको छ । यसले ११० बीएचपीको पावर जेनेरेट गर्न सक्षम हुनेछ ।

स्कोडाले आफ्नो नयाँ एसयूभी २०२५ मा लन्च गर्ने अपेक्षा गरिएको छ । सो कम्प्याक्ट एसयूभीले बजारमा सुजुकी ब्रेजा, किया सोनेट, हुन्डाई भेन्यु, टाटा नेक्सन र महिन्द्रा एक्सयूभी ३०० जस्ता कारसँग प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित समाचारहरू

स्कोडा कुशाकमा अफर : अहिले किने ६ महिना पश्चात मात्र ईएमआई तिर्न सकिने

स्कोडा कुशाकमा अफर : अहिले किने ६ महिना पश्चात मात्र ईएमआई तिर्न सकिने

काठमाडौं – स्कोडको नेपाली बजारमा रहेको लोकप्रिय एसयूभी कुशाक किन्नेले...

स्कोडाको दसैं अफरः मासिक किस्ता २९ हजार रुपैयाँमा स्कोडा कुशाक

स्कोडाको दसैं अफरः मासिक किस्ता २९ हजार रुपैयाँमा स्कोडा कुशाक

काठमाडौं – नेपालका लागि युरोपेली कार ब्रान्ड स्कोडाको आधिकारिक विक्रेता...

स्कोडा कुशाकको एक वर्ष पुरा : थप फिचरका साथ अपडेट

स्कोडा कुशाकको एक वर्ष पुरा : थप फिचरका साथ अपडेट

स्कोडा कुशाक भारतमा लन्च गरेको १ वर्ष पुरा भइसकेको छ । सोही अवसरमा कम्पनीले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...