८ वर्षमा इन्धनबाट संकलन भयो ४० अर्ब सडक मर्मत शुल्क

काठमाडौं – आठ वर्षको अवधिमा इन्धन अर्थात पेट्रोलियम पदार्थबाट सडक मर्मत शुल्कवापत ४० अर्ब रुपैयाँ मर्मत शुल्क संकलन भएको छ । नेपाल आयल निगमले आर्थिक वर्ष २०७२/७३ देखि आव २०७९/८० सम्म ४० अर्ब २८ करोड रुपियाँ सङ्कलन गरेको जनाएको छ ।

निगमका अनुसार आव २०७२/७३ मा सडक मर्मत शुल्कबापत दुई अर्ब ५३ करोड रुपियाँ सङ्कलन भएको थियो । यस्तै आव २०७३/७४ मा चार अर्ब २५ करोड रुपियाँ, आव २०७४/७५ मा पाँच अर्ब १३ करोड रुपियाँ सङ्कलन भएको छ । 

यस्तै  आव २०७५/७६ मा पाँच अर्ब ७० करोड रुपियाँ, आव २०७६/७७ मा चार अर्ब ९९ करोड सङ्कलन भएको छ । निगमका अनुसार आव २०७७/७८ मा पाँच अर्ब ७५ करोड रुपियाँ, आव २०७८/७९ मा छ अर्ब ४७ करोड रुपियाँ र आव २०७९/८० मा पाँच अर्ब ४७ करोड रुपियाँ सङ्कलन भएको छ ।

प्रत्येक वर्ष सङ्कलन गरिने सडक मर्मत शुल्कका कारण उपभोक्तालाई इन्धन खरिद गर्न महँगो पर्ने गर्छ । निगमले भारतबाट पेट्रोलियम पदार्थ आयात गरी विभिन्न शीर्षकमा लगाइएको कर कटाएर बजारमा उपभोक्ता मूल्य निर्धारण गर्छ । पेट्रोलियम पदार्थमा सरकारले पूर्वाधार शुल्क, वातावरण शुल्क, भन्सार शुल्क, मूल्य अभिवृद्धि कर, आयकरबापत शुल्क सङ्कलन गर्ने गरेको छ ।  

यस अनुसार बर्सेनि औसत पाँच अर्ब रुपियाँ शुल्क उठ्ने गरेको हो ।  सरकारले सडक मर्मत दस्तुरबापत प्रतिलिटरमा पेट्रोलमा चार रुपियाँ र डिजेलमा दुई रुपियाँ सङ्कलन गर्छ जुन सिधै सरकारको खातामा जम्मा हुने गर्छ । 

भन्सारबिन्दुमै सडक मर्मत दस्तुर सङ्कलन गरी सो रकम सरकारको खातामा जम्मा हुने गरेको छ ।  यो रकम सरकारले सडक मर्मतसम्भारमा खर्च गर्ने गरेको छ । 

सम्बन्धित समाचारहरू

निगमको प्रष्टोक्ति : ‘क्रुड आयल’भन्दा प्रशोधित इन्धनको मूल्य बढी हुन्छ

निगमको प्रष्टोक्ति : ‘क्रुड आयल’भन्दा प्रशोधित इन्धनको मूल्य बढी हुन्छ

काठमाडौं – नेपाल आयल निगमले प्रशोधित पेट्रोलियम पदार्थको...

ऐतिहासिक रेकर्ड : युरोपेली संघमा पहिलोपटक पेट्रोलियम भन्दा विद्युतीय कारको बिक्री बढी

ऐतिहासिक रेकर्ड : युरोपेली संघमा पहिलोपटक पेट्रोलियम भन्दा विद्युतीय कारको बिक्री बढी

सन् २०२५ को डिसेम्बर महिनामा युरोपेली संघ (ईयू) मा पहिलोपटक विद्युतीय कार...

कच्चा तेलको मूल्य प्रतिब्यारेल ११२ डलर नाघ्यो, इन्धन हाहाकार अझै चुलिने खतरा

कच्चा तेलको मूल्य प्रतिब्यारेल ११२ डलर नाघ्यो, इन्धन हाहाकार अझै चुलिने खतरा

काठमाडौं–मध्यपूर्व युद्धका कारण कच्चा तेलको मूल्य हालसम्मकै सर्बाधिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...