महिन्द्रा ईभीमा फक्सवागनको ब्याट्री

भारतीय अटो उत्पादक महिन्द्रा र जर्मन लक्जरी ब्राण्ड फक्सवागनविच इलेक्ट्रिक कारमा कम्पोनेन्ट सेयर गर्ने विषयमा सम्झौता भएको छ । आफ्नो ईभी आर्किटेक्चर ’एमईभी’ महिन्द्रालाई सेयर गर्न फक्सवागनले सन् २०२२ मै सहमती जनाएको थियो । अहिले यी दुई कम्पनीविच ब्याट्री र कम्पोनेन्ट पनि सेयर गर्ने विषयमा अर्को समझदारी वनेको हो ।

उक्त समझदारी अनुुसार महिन्द्राका इंग्लो प्लेटफर्ममा आधारित ईभीमा फक्सवागनले ब्याट्री सप्लाई गर्नेछ । साथै यी दुई कम्पनी मिलेर भारतमा ब्याट्री उत्पादन गर्न छिट्टै पहल गर्ने विषयमा समेत सहमती जुटेको छ । सम्झौता अनुसार फक्सवागनले महिन्द्रालाई ५० गिगावाट आवर ब्याट्री उपलब्ध गराउनेछ ।

फक्सवागनबाट ब्याट्री पाउने सहमतीपछि महिन्द्राले यसै वर्षको अन्तिमबाट इंग्लोमा आधारित नयाँ इभीको उत्पादन सुरु जनाएको छ । साथै कम्पनीको अर्को वर्न ईभी प्रोजेक्टमा फक्सवागनले विभिन्न कम्पोनेन्ट समेत सप्लाई गर्ने सहमती भएको हो । फक्सवागनले आफ्नो एमईबी प्लेटफर्ममा आधारित कम्पोनेन्ट महिन्द्रालाई सप्लाई गर्नेछ ।

महिन्द्राले हाल भारतमा एक्सयुभी ४०० ईभी बिक्री गर्दै आएको छ भने अर्को वर्षदेखी इंग्लो प्लेटफर्मममा आधारित नयाँ मोडलका कार ल्याउने योजना बनाएको छ । उता फक्सवागन अन्तर्गतको स्कोडले इनायक ईभीलाई लन्च गर्ने तयारी गरेको छ ।

सम्बन्धित समाचारहरू

महिन्द्रा ईभी हात पार्न ग्राहकले ६ महिनासम्म कुर्नुपर्ने

महिन्द्रा ईभी हात पार्न ग्राहकले ६ महिनासम्म कुर्नुपर्ने

महिन्द्राले हालै लन्च गरेको नयाँ विद्युतिय कार एक्सईभी ९ई र बीई ६ लाई हात...

अष्ट्रेलियन एनक्यापमा महिन्द्रा स्कर्पियो एनलाई जिरो स्टार रेटिङ, यस्तो छ कारण

अष्ट्रेलियन एनक्यापमा महिन्द्रा स्कर्पियो एनलाई जिरो स्टार रेटिङ, यस्तो छ कारण

काठमाडौं– महिन्द्राको लोकप्रिय एसयूभी स्कर्पियो एनले अष्ट्रेलियन...

महिन्द्रा बीई ६ई र एक्सईभी ९ई को ब्याट्री तथा पावरट्रेन सार्वजनिक

महिन्द्रा बीई ६ई र एक्सईभी ९ई को ब्याट्री तथा पावरट्रेन सार्वजनिक

महिन्द्राले आफ्नो आगामी इलेक्ट्रिक एसयूभी बीई ६ई र एक्सईभी ९ई को...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...