नासा नेपालको उपाध्यक्षमा गजुरेल र शाह चयन

काठमाडौं – नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को केन्द्रीय कार्यसमितिको तेस्रो बैठक सम्पन्न भएको छ । संघका अध्यक्ष दशरथ रिसालको अध्यक्षतामा सम्पन्न भएको बैठकले वार्षिक तथा आवधिक कार्ययोजना पारित गरेको छ ।

बैठकले रिक्त उपाध्यक्ष पदमा आशिष गजुरेल तथा सम्झना शाह पोखरेललाई चयन गरेको छ भने २३ विभिन्न विषयगत कमिसन, कार्यदल र जिम्मेवारी तोकेको छ । संघको विधानमा व्यवस्था भए बमोजिम संघमा तीन टायर (सल्लाहकार, कार्यसमिति तथा सचिवालय) को व्यवस्था गरिएको छ ।

यस अनुसार संघको सल्लाहकारहरुमा धनञ्जय रेग्मी, डा. शिवजी यादव, शिवहरी सापकोटा, शिवप्रसाद घिमिरे, ठाकुरप्रसाद न्यौपाने, अच्युत गुरागाई, डिल्लीराज सुवेदी, ऋतु भट्ट, चंकी क्षेत्री र अनिल भण्डारीलाई चयन गरेको छ । साथै गोविन्द भट्टराई, सन्तोष न्यौपाने, महेश अधिकारी, कमला छेत्री, यदुराज लामिछाने, स्पोर्ट्स म्यानेजर तथा नासा फाउन्डेसनका प्रतिनिधि रहेको सात सदसिय सचिवालय समेत अनुमोदन गरेको छ ।

बैठकले साधारण सभाको निर्णय अनुसार आर्थिक नियमावली, इभेन्ट व्यवस्थापन नियमावली तथा प्रदेश संघ, क्लब तथा सचिवालय सञ्चालन नियमावली पारित गरेको छ भने -यालीक्रस, अटोक्रस तथा गियर एन्ड ग्याजेट सम्बन्धी प्राविधिक मापदण्ड समेत तयार गरेको छ ।

देशका सातवटै प्रदेशमा रहेका प्रदेश संघको साधारणसभा तथा निर्वाचन यथासक्य छिटोे अगाडि बढाउने निर्णय गरेको छ भने एसोसिएट र क्लबलाई समेत सक्रिय रुपमा परिचालन गर्ने निर्णय भएको छ ।

संघको मोबिलिटी र सडक सुरक्षा सम्बन्धी एसोसिएट पार्टनर नासा फाउन्डेसन नेपाललाई सो सम्बन्धी सम्पूर्ण कार्यको अख्तियारी दिइएको नासा नेपालले जनाएको छ ।

त्यस्तै आगामी अप्रिल २० देखि २२ मा ताइवानमा हुने ताइपेई इन्टरनेसनल अटो जिमखाना प्राइजमा खेलाडी सहभागी गराउने निर्णय गरेको छ । बैठकले -यालीक्रसका मार्सल तथा ड्राइभरलाई तालिम दिने, इमर्जिङ लिडरशिप प्रोग्राम तथा एथलेट अवार्ड प्रोग्राम समेत निकट भविष्यमा सञ्चालन गर्ने निर्णय गरेको बताएको छ ।

सम्बन्धित समाचारहरू

चितवनमा पहिलो पटक नेपाल अटो जिमखाना हुने

चितवनमा पहिलो पटक नेपाल अटो जिमखाना हुने

चितवनमा पहिलो पटक अटो जिमखाना च्याम्पियनसिप हुने भएको छ । नेपाल...

टु ह्विल टुरिङ र सेफ्टी राइडिङ इनिसिएटिभ वापत नासा नेपालले पायो एफआईएम फेमिली ट्रफी

टु ह्विल टुरिङ र सेफ्टी राइडिङ इनिसिएटिभ वापत नासा नेपालले पायो एफआईएम फेमिली ट्रफी

नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले मोटरसाइकलको क्षेत्रमा प्रदान...

खेलकुदमन्त्री गुप्तासमक्ष नेपाल अटोमोबाइल्स एसोसिएसनद्वारा सुझावपत्र पेश

खेलकुदमन्त्री गुप्तासमक्ष नेपाल अटोमोबाइल्स एसोसिएसनद्वारा सुझावपत्र पेश

काठमाडौं – नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तासँग नेपाल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...