जिप कम्पास पनि इलेक्ट्रिक भर्सनमा आउने

जिपले आफ्नो सर्बाधिक सफल मोडल कम्पासलाई इलेक्ट्रिक भर्सनमा ल्याउने भएको छ । जिपको प्यारेन्ट कम्पनी स्टेलेन्टिसले हालै कम्पासको नयाँ जेनेरेसन ल्याउने बताएको हो । उक्त ईभी २०२६ मै बजारमा आउनेछ ।

जिपले भारतसहित विश्व बजारमा ल्याउने गरी कम्पासको नयाँ जेनेरेसन तयार गरिरहेको र सोही जेनेरेसन विद्युृतीय भर्सनमा पनि ल्याउने बताएको हो । भारतसहित अन्य बजारलाई लक्षित गरेर कम्पास ईभी ल्याउन लागेको कम्पनीको भनाई छ ।

कम्पास ईभीमा ९८ किलोवाट आवरको ब्याट्री प्याक हुनेछ । यो ब्याट्री प्याकसहित कम्पास ईभी बजारमा आएमा यसले एक पटकको फुल चार्जमा ५ सय किलोमिरट रेन्ज दिनेछ ।

कम्पास ईभी टू ह्वील तथा फोर ह्वील ड्राइभ अप्सनमा आउनेछ । चार्जिङका लागि कम्पास ईभीले ४ सय भोल्ट सपोर्ट गर्नेछ । २० देखि ८० प्रतिशत चार्ज गर्न २७ मिनेटमात्र लाग्ने दाबी स्टेलेन्टिसले गरेको छ ।

सम्बन्धित समाचारहरू

४ वर्षपछि चीन फर्कदै जिप, डोङफेङसँगको सहकार्यमा न्यु इनर्जी भेइकल उत्पादन गर्ने

४ वर्षपछि चीन फर्कदै जिप, डोङफेङसँगको सहकार्यमा न्यु इनर्जी भेइकल उत्पादन गर्ने

अमेरिकी अटो निर्माता कम्पनी जिप ४ वर्षपछि पुनः चीन फर्कने भएको छ ।...

बतास एमएडब्लु कमर्सियल भेइकल्सको फाइनान्सर्स भेला सम्पन्न

बतास एमएडब्लु कमर्सियल भेइकल्सको फाइनान्सर्स भेला सम्पन्न

काठमाडौं – नेपालका लागि आइसर कमर्सियल भेइकलको आधिकारिक विक्रेता बतास...

जीप मेरिडियनको फेसलिफ्ट भर्सन आउँदै, भारतमा परिक्षण सुरु

जीप मेरिडियनको फेसलिफ्ट भर्सन आउँदै, भारतमा परिक्षण सुरु

जीपले भारतमा मेरिडियनको फेसलिफ्ट लन्च गर्ने तयारी थालेको छ । यसै वर्षको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...