चिसो मौसममा परीक्षण हुँदै गर्दा देखियो क्रेटा ईभी

हुन्डाई क्रेटाको ईभी भर्सन भारतमा एकपटक फेरी देखापरेको छ । भारतको विभिन्न भू–भागमा परिक्षण भइरहेको क्रेटा ईभी यसपकट भने चिसो मौसामा परिक्षण हुँदै गर्दा शिमलामा देखापरेको हो । क्रेटा ईभीलाई हुन्डाईले हालै सार्बजनिक फेसलिफ्टमा आधारित भई निर्माण गरिरहेको छ । यो नयाँ ईभी यसै वर्षको अन्त्यतिर लन्च हुने अनुमान गरिएको छ ।

क्रेटा ईभीमा हुन्डाईले ४५ किलोवाट आवरको ब्याट्री प्याक दिने जनाएको छ । हुन्डाईलाई लिथियम–आयोन ब्याट्री प्याक ग्लोबल रुपमा उपलब्ध गराइरहेको सप्लायर एलजीकेमले सो ब्याट्री उपलब्ध गराउनेछ ।

यसमा प्रयोग गरिने इलेक्ट्रिक मोटर भने हाल विश्वव्यापी रुपमा उपलब्ध कोना ईभीकै जस्तो हुनेछ । यसले १३८ एचपी पावर र २५५ एनएम टर्क जेनेरेट गर्छ । बजारमा उपलब्ध भएपछि यसले एमजी जेडएस ईभी र मारुती सुजुकीको निकट भविष्यमा आउने तयारी भईरहेको ईभीएक्ससँग प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित समाचारहरू

भोलीदेखी हुन्डाईको ‘फेस्टिभ कार्निवल’, यस्ता छन् कार्यक्रमका आकर्षण

भोलीदेखी हुन्डाईको ‘फेस्टिभ कार्निवल’, यस्ता छन् कार्यक्रमका आकर्षण

काठमाडौं– नेपालीहरुको महान चाड बडा दशैं, दिपावली र छठ २०८० को उपलक्ष्यमा...

१२२ वर्ष पहिलेको इतिहास : यस्तो थियो पहिलो आधुनिक अटो शो

१२२ वर्ष पहिलेको इतिहास : यस्तो थियो पहिलो आधुनिक अटो शो

अमेरिकाको न्युयोर्कस्थित म्याडिसन स्क्वायर गार्डेनमा सन् १९०० को...

इलेक्ट्रिक कार हुन्डाई आयोनिक ५ को मूल्यमा एकै पटक ३६ लाख वृद्धि : यस्तो छ सबै मोडलको मूल्य

इलेक्ट्रिक कार हुन्डाई आयोनिक ५ को मूल्यमा एकै पटक ३६ लाख वृद्धि : यस्तो छ सबै मोडलको मूल्य

काठमाडौं – हुन्डाईको इलेक्ट्रिक कार आयोनिक ५ को मूल्यमा एकै पटक ३६ लाख...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...