के तपाईंले जीहो एई६ प्लसको टेस्ट राइड गर्नुभयो ?

नेपाली दुई पाङ्ग्रे ईभी बजारमा छोटो समयमा आफ्ना अदभूत विशेषता र उच्चतम क्षमताको कारण जीहो ब्रान्डका दुई पांग्रे स्कुटर युवायुवती बिच लोकप्रिय बन्दै गएको छ । उक्त ब्रान्डका स्कुटर नेपालमा रिलायन्स ग्रुपअन्तर्गत ऋषि ट्रेड सेन्टरले बिक्री गर्दै आएको छ ।

कम्पनीले नेपाली बजारमा जीहोको एई८ मोडल मार्फत आफ्नो बजार विस्तार गरेको थियो । साथै उक्त कम्पनी नेपालको लागि सीएफ मोटोको समेत आधिकारिक वितरक पनि हो । जीहो एई८ मोडल नेपालको भूगोलको लागि सुहाउँदो, उच्चस्तरीय प्रविधि तथा आधुनिक विशेषताले भरिपूर्ण छ ।

जीहो एई८ ५ किलोवाटको जेड कोर मिड ड्राइभ लिक्विड–कुलिङ मोटरद्वारा संचालित छ । यसले १२.५ किलोवाटको पावर र २१८ एनएमको अधिकतम टर्क उत्पन्न गर्छ । यसले १०० किलोमिटर प्रतिघण्टाको गति लिने कम्पनीले दावी गरेको छ । सो बाइकले २.६ सेकेन्डमा ० देखि ५० किलोमिटर प्रति घण्टाको गति लिने पनि दाबी गरिएको छ ।

उक्त स्कुटरको पावर आजको मितिमा ग्राहकले बजारमा उपलब्ध २५० सीसी बराबरको पेट्रोल बाइक सँग गर्न सकिन्छ । एई८ चार्ज गर्न एकदमै सजिलो र सहज छ । यसलाई ४ घण्टामा फूल चार्ज तथा २ घण्टामा ७० प्रतिशत चार्ज गर्न सकिन्छ । यसमा पोर्टेबल लिथियम आयन ब्लेड कम्प्याक्ट ब्याट्री दिइएको छ, जुन नेपालमै यस ब्राण्डको एई६ मा मात्र उपलब्ध रहेको छ । सो ब्याट्री बढी तातिएर कुनै भौतिक हानी नहुने कम्पनीको दावी रहेको छ ।

कम्पनीले जीहो कै अर्काे अर्बान मोविलिटीको निर्मित आफ्नो एई६ प्लस मोडल नेपाली बजारमा ल्याएको छ । व्यस्त जीवन र महँगिएको आजको समयमा यात्राको उही मजा लिई नयाँ प्रविधिमा ग्राहकलाई उच्चतम प्रतिफल दिने उद्देश्यले जीहोले आफ्नो उक्त मोडल नेपाली बजारमा प्रस्तुत गरेको देखिन्छ ।

जीहो एई६ प्लसमा २.५ किलोवाट साइड माउन्टेड मोटरद्वारा संचालित छ । यसमा जीहो राइड एप्स, किलेस डिजाइन (एनएफसी कार्ड), एन्टी–थेफ्ट सिस्टम, हिल असिस्टेन्स, १८ फरक कलर स्ट्यान्स सहित क्रुज कन्ट्रोल समेत दिइएको छ ।

यसले ५.५ किलोवाटको अधिकतम पावर र १६० एनएमको टर्क उत्पनन गर्छ । यसको टप स्पिड ८० किलोमिटर प्रति घण्टा छ । सो बाइक ४.६ सेकेन्डमा ० देखि ५० किलोमिटर प्रति घण्टाको गति लिन्छ । सो बाइक फुल चार्जमा ७० देखि ९० किलोमिटर रेन्ज प्रदान गर्छ ।

एई६ प्लसको ह्विलवेस १२६० एमएम, सिटहाइट ७३५ एमएम, ग्राउण्ड क्लियरेन्स १३० एमएम, टप स्पिड ८० किलोमिटर प्रतिघण्टा, ह्विल पावर १६० एनएम रहेको छ ।

ड्युअल डिस्क थ्री पिस्टन क्यालिपर, सिंगल सस्पेन्सन रियर, फ्रन्टमा प्रिलोड एड्जस्टमेन्ट सहितको ड्युअल टेलिस्कोपिक सस्पेन्सन र ५ प्रतिशत रिजेनेरेटिभ ब्रेकिङ सिस्टम दिइएको छ, जसको फलस्वरुप प्रयोगकर्ताले अधिकतम ७० देखि ९० किलोमिटर परचार्ज रेन्ज पाउन सक्नेछन् ।

कम्पनीले एक्सचेन्जको साथसाथै फाइनान्स सहजताको लागि माछापुच्छ्रे बैंकसँग सहकार्य गरेको छ । उक्त मोडलको नक्साल स्थिति सीएफ मोटोको शोरुममा टेस्ट राइड गरी अझ बढी जानकारी लिन सकिनेछ ।

सम्बन्धित समाचारहरू

पुराना गाडीसँग बीवाईडीको नयाँ ईभी साट्न सकिने, माघ ९ देखि देशभर ‘एक्सचेन्च फेस्ट’ हुँदै

पुराना गाडीसँग बीवाईडीको नयाँ ईभी साट्न सकिने, माघ ९ देखि देशभर ‘एक्सचेन्च फेस्ट’ हुँदै

काठमाडौं– बीवाईडी गाडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक...

बीएसएको इलेक्ट्रिक बाइक भारतमा उत्पादन गर्दै क्लासिक लेजेन्ड्स

बीएसएको इलेक्ट्रिक बाइक भारतमा उत्पादन गर्दै क्लासिक लेजेन्ड्स

महिन्द्राको टु–हिवलर डिभिजन क्लासिक लेजेन्ड्सले २०२५ सम्ममा भारतमा...

टाटा इन्ट्रा ईभी पिकअप लन्च, २११ किलोमिटर रेन्ज र १७५० केजी वहन क्षमता

टाटा इन्ट्रा ईभी पिकअप लन्च, २११ किलोमिटर रेन्ज र १७५० केजी वहन क्षमता

टाटा मोटर्सले आफ्नो कमर्सियल भेहिकल डिभिजन क्षेत्रलाई थप सशक्त बनाउँदै...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...