बीवाइडीसंग प्रतिस्पर्धा गर्न निसानले आफ्नो ईभीमा एलएफपी ब्याट्री प्रयोग गर्ने

जापनिज अटो निर्माता निसानले आफ्नो इभीमा एलफपी ब्याट्री प्रयोग गर्ने जनाएको छ । लिथिएम आइरन फस्फेट(एलएफपी) ब्याट्री एनसिएम(निकेल, कोबाल्ट र म्याग्नेसिस) सहितको लिथियम आयोन भन्दा ३० प्रतिशतसम्मले सस्तो हुने हुँदा उक्त ब्याट्री जडित ईभीले भविष्यमा बीवाइडीसंग प्रतिस्पर्धा गर्न सहज हुने कम्पनीको भनाई छ ।

विश्वमा सर्बाधिक बिक्री हुने ईभी ब्राण्डका रुपमा परिचत बीवाइडीले एलएफपी केमेस्ट्रिको ब्लेड ब्याट्री प्रयोग गर्दै आएको छ । एलएफपी ब्याट्री उत्पादनमा बीवाइडीले ४१ प्रतिशत बजार हिस्सा ओगट्दा उसको प्रतिस्पर्धी क्याटलको हिस्सा ३४ प्रतिशत छ ।

एलएफी ब्याट्री प्रयोग गरेर निसानले सन् २०२६ देखी नयाँ मोडलका ईभी उत्पादन गर्ने जनाएको हो । एनसिएम ब्याट्रीको तुलनामा ड्राइभिङ रेन्ज ३० प्रतिशतसम्मले कम हुने भएपनि पछिल्लो समय सस्तो ईभी बनाउने होडका कारण एलएफपी ब्याट्रीको प्रयोग ब्यापक बन्दै गएको निसानको ठहर छ ।

एलएफपी ब्याट्रीलाई कम्पनीले योकोहामास्थित प्लान्टमा आँफैले उत्पादन गर्न सक्ने जनाइएको छ । साथै निसानले पछिल्लो समय नयाँ प्रबिधीको ब्याट्री विकास गर्न छुट्टै आर एण्ड डी सेन्टर समेत स्थापना गरिसकेको छ । निसानसंग हाल लिफ र आरिया मोडलका ईभी उपलब्ध छन् । कम्पनीले सन् २०३० सम्ममा १९ वटा नयाँ ईभी लन्च गर्ने योजना बनाएको छ ।

सम्बन्धित समाचारहरू

सिंगल चार्जमा ४ सय किमी गुड्ने निसान लिफ नेपाल आउने पक्का, आयो टिजर

सिंगल चार्जमा ४ सय किमी गुड्ने निसान लिफ नेपाल आउने पक्का, आयो टिजर

काठमाडौं – निसानको बहुप्रतीक्षित इलेक्ट्रिक कार निसान लिफ नेपाली बजारमा...

नयाँ निसान किक्स सार्वजनिक, पहिले भन्दा परिमार्जन

नयाँ निसान किक्स सार्वजनिक, पहिले भन्दा परिमार्जन

जापानी कार निर्माता कम्पनी निसानले नयाँ निसान किक्स सार्वजनिक गरेको छ ।...

निसानले ५ सिटर कम्प्याक्ट एसयूभी र नयाँ ७ सिटर बी-एमपीभी सार्वजनिक गर्ने, नेपालमा पनि आउने

निसानले ५ सिटर कम्प्याक्ट एसयूभी र नयाँ ७ सिटर बी-एमपीभी सार्वजनिक गर्ने, नेपालमा पनि आउने

निसान मोटर इन्डियाले आफ्नो हालको प्रोडक्ट-लाइनअपमा नयाँ सेभेन-सिटर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...