सीट्रोन ईसी–३ मा थपियो नयाँ भेरिएन्ट, यस्तो छ मूल्य र फिचर

फ्रेन्च अटो निर्माता सिट्रोनले ईसी–३ को नयाँ भेरिएन्टलाई भारतमा लन्च गरेको छ । यसअघि फील र लाईभ भेरिएन्टमा मात्र उपलब्ध ईसी–३ को टप स्पेक भेरिएन्ट साइन थप भएको हो ।

सो नयाँ भेरिएन्ट तीनवटा ट्रिममा उपलब्ध हुने र मूल्य १३ लाख १९ हजार ८०० देखी १३ लाख ४९ हजार ८०० भारुसम्म पर्ने जनाइएको छ । ईसी–३ लाई कम्पनीले गत वर्षको फेब्रुअरी महिनामा लन्च गरेको थियो ।

सो नयाँ भेरिएन्टमा इलेक्ट्रोनिकल्लि एड्जस्टेवल ओआरभीएमएस, रियर पार्किङ क्यामेरा, १५ इन्चको डायमन्ड कट अलोई ह्विल, फ्रन्ट र रियरमा स्किड प्लेट, रियर वाइपर एबं वासर, रियर डिफगर र लेदरले वेरिएको स्टेरिङ ह्विल थप गरिएका छन् । बाँकी फिचर र मेकानिकल पक्षमा भने कुनै परिवर्तन गरिएको छैन ।

नेपाली बजारमा समेत उपलब्ध ईसी–३ मा २९.२ किलोवाट आवरको ब्याट्री र ४२ किलोवाटको इलेक्ट्रिक मोटर जडान गरिएको छ । ३.३ किलोवाट अनबोर्ड एसी चार्जर दिइएको यो ईभीलाई एकपटक फुल चार्ज गरेपछि ३२० किलोमिटरसम्म यात्रा गर्न सकिने एआरएआईले दावी गरेको छ ।

साथै यसको पावर ५६ बीएचपी र टर्क १४३ एनएम रहेको छ । १०७ किलोमिटर टप स्पिड भएको यसलाई डिसी फास्ट चार्जरको साहयतामा ५७ मिनेटभित्रै १० देखी ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

सांग्रिला मोटर्सले बिक्री गर्दै आएको यो ईलेक्ट्रिक कारको मूल्य नेपाली बजारमा ३२ लाख ९९ हजार र ३४ लाख ९९ हजार निर्धारण गरिएको छ । कम्पनीले यसको टप स्पेक भेरिएन्टलाई पनि छिट्टै ल्याएर बिक्री गर्ने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

सिट्रोनले बसाल्ट एसयूभी लन्च गर्ने, नयाँ टिजर सार्वजनिक

सिट्रोनले बसाल्ट एसयूभी लन्च गर्ने, नयाँ टिजर सार्वजनिक

सिट्रोनले आफ्नो ५औं कार बसाल्ट कुपे एसयूभी भारतमा लन्च गर्ने भएको छ ।...

काठमाडौं भित्रियो सिट्रोनको इलेक्ट्रिक कार ई–सी३, आइतबार देखि डेलिभरी शुरु गरिने

काठमाडौं भित्रियो सिट्रोनको इलेक्ट्रिक कार ई–सी३, आइतबार देखि डेलिभरी शुरु गरिने

काठमाडौं – केही दिन पहिले देखि बुकिङ शुरु गरिएको सिट्रोनको इलेक्ट्रिक कार...

सिट्रोनले ल्यायो न्यु इयर बोनान्जा : सी३ मा २ लाख र ई–सी३ मा १ लाख सम्मको लाभ

सिट्रोनले ल्यायो न्यु इयर बोनान्जा : सी३ मा २ लाख र ई–सी३ मा १ लाख सम्मको लाभ

काठमाडौं – नेपालको लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...