भेस्पा र अप्रिलिया स्कुटर किन्दा हुलास फिनसर्भले फाइनान्स सुविधा दिने

भेस्पा अप्रिलिया नेपालले आफ्ना ग्राहकहरुलाई सरल फाइनान्स सुबिधा उपलब्ध गराउनका लागि हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडसँग साझेदारी गरेको छ ।

नेपालका लागि भेस्पा अप्रिलिया स्कुटरको आधिकारिक बितरक डेल्टा अटोकर्प प्रालिले जनाए अनुसार ग्राहकहरुले स्कुटरको मुल्यको ६० प्रतिशत सम्म फाइनान्स गर्न सकिने छ । सो कर्जाको भुक्तानी अवधि ६ देखि २४ महिना सम्म रहनेछ ।

यो सुबिधा नेपाल भरका भेस्पा अप्रिलिया स्कुटरका शोरुमहरुमा उपलब्ध रहनेछ । डेल्टा अटोकर्प प्रालिका सीईओ तथा निर्देशक विजय महतोले डेल्टा अटोकर्प आफ्ना ग्राहकबर्गहरु प्रति समर्पित भएको र यो घोषणा गर्न पाउँदा उत्साहित भएको बताए । यसै अनुसार डेल्टा अटोकर्पले भेस्पा अप्रिलिया स्कुटर खरिदकर्ताहरुलाई नयाँ फाइनान्स सुबिधा प्रदान गर्न हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडसँग साझेदारी गरेको छ । उनले भने, ‘यस सहकार्यले हाम्रा ग्राहकहरुलाई समग्रमा सजिलो फाइनान्स सुबिधा सुनिश्चित गर्दछ ।’

हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडका महाप्रबन्धक समिर ठाकुर भन्छन्, ‘हाम्रो सरल फाइनान्स सुबिधाले ग्राहकहरुका लागि फाइनान्समा स्कुटर खरिद गर्न अबिश्वसनिय रुपमा मद्दत पु-याँउछ । हाम्रो सरल र सुलभ फाइनान्स प्रक्रियाले डेल्टा अटोकर्पसँग साझेदारी गर्दै ग्राहकहरुलाई सुबिधाजनक र सरल फाइनान्स सुबिधाहरु प्रदान गर्नेछौ।’

डेल्टा अटोकर्प प्रालि र हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले यस सहकार्यमार्फत ग्राहकहरुलाई उत्कृष्ट फाइनान्सिङ सेवा उपलब्ध गराउने र बजारमा आफ्नो पकड बलियो बनाउने बताएका छन् ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...