नेपाल रोड रेसिङ च्याम्पियनसिप २०२५, टोलदेखि ट्रयाकसम्मको हाईवे
बागमती प्रदेश खेलकुद विकास परिषदमा दर्ता भई नेपाल अटोमोबाइल्स एसोसिएसन...
पोखरा – नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले एसोसिएसनको सातौँ प्रदेश संघको रुपमा गण्डकी प्रदेश अटोमोबाइल्स एसोसिएसन स्थापना गरेको छ ।
शिव श्रेष्ठको अध्यक्षतामा गठित गण्डकी प्रदेश अटोमोबाइल्स एसोसिएसनमा ११ सदस्यिय तदर्थ समिति तथा चार सल्लाहकार समेत चयन गरिएको छ । जसको उपाध्यक्षमा डिल्लीराज सुवेदी, खिम बहादुर ढकाल र दिपेन्द्र कोइराला, सचिवमा कपिल किरण श्रेष्ठ, कोषाध्यक्षमा सुरज श्रेष्ठ र सदस्यमा क्रमशः ओस्कार श्रेष्ठ, आशिक लालचन, रविना श्रेष्ठ, दुर्गा गुरुङ र प्रिन्स श्रेष्ठ रहेका छन् ।
गण्डकी प्रदेश सभा सदस्य प्रकाश बराल तथा गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्मा लगायतको आतिथ्यतामा सोमबार भएको भेलाले एसोसिएसन गठन गरेको हो ।
भेलामा अतिथिहरुले आफ्नो मन्तव्य राख्दै संघले अनुशासनमा रही खेलको मर्यादा र देशको नाम राख्ने र खेलकुदको माध्यमबाट गण्डकी प्रदेशको पर्यटनमा टेवा पु-याउने आशा राख्दै नयाँ समितिलाई बधाई दिए ।
त्यस्तै नवगठित संघले डा. ध्रुव थापा प्रमुख सल्लाहकार तथा सल्लाहकारहरुमा भरतराज पराजुली र नारायण प्रसाद शर्माका साथै मिडिया सल्लाहकारमा रामकृष्ण ज्ञवालीलाई चयन गरेको छ भने यस वर्ष तीनवटा कार्यक्रम समेत घोषणा गरेको छ । संघले गण्डकी प्रदेश खेलकुल परिषदबाट आवद्धता समेत प्राप्त गरेको छ ।
कार्यक्रम पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दिपक गोदार, केन्द्रीय उपाध्यक्ष अनिल कुमार बराल, सचिव विनोद तन्डुकार तथा कार्यकारी निर्देशक तथा एफआईए वल्र्ड काउन्सिल सदस्य गोविन्द भट्टराई लगायत खेलकुदकर्मी, क्लवहरु, समाजसेवीहरु तथा शुभचिन्तकहरुको उपस्थितिमा सम्पन्न भएको थियो ।
बागमती प्रदेश खेलकुद विकास परिषदमा दर्ता भई नेपाल अटोमोबाइल्स एसोसिएसन...
काठमाडौं – नेपालमा पहिलो पटक राइड विथ भ्लगर्स कार्यक्रम आयोजना भएको छ । ए...
काठमाडौं – नेपाल रोड रेसिङ च्याम्पियनसिप २०२५ अन्तर्गत राउन्ड १ सकिएको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...