निरन्तर घट्दो क्रममा अटो लोन, यस्तो छ मंसिर सम्मको तथ्यांक

बैंक तथा वित्तीय संस्थाले हायर पर्चेज अर्थात् सवारीसाधनमा उपलब्ध गराउने कर्जा निरन्तर घट्दो क्रममा रहेको छ । गत वर्षको तुलनामा यस वर्ष सो कर्जा निकै नै कम छ ।

सवारीसाधनको किनबेच घट्नुका साथै अटो लोनको मागमा समेत कमी आएको छ । यसमा बैंकहरुले उपलब्ध गराउने कर्जाको ब्याजदरले पनि प्रत्यक्ष असर पारेको पाइन्छ ।

नेपाल राष्ट्र बैंकको प्रतिवेदनअनुसार चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले एक खर्ब २९ अर्ब एक करोड ३० लाख रूपैयाँ गाडी खरिदका लागि ऋण अर्थात अटो लोन उपलब्ध गराएका छन् । यो कर्जा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २० अर्ब ३२ करोड ५० लाख रूपैयाँले कम हो । गतवर्ष मंसिरसम्म बैंकहरूले हायर पर्चेजका लागि कुल एक खर्ब ४९ अर्ब ३३ करोड ८० लाख रूपैयाँ कर्जा प्रवाह गरेका थिए ।

विकास बैंकहरूले पनि चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म हायर पर्चेजका लागि मात्रै १६ अर्ब २५ करोड १७ लाख रूपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चार अर्ब १२ करोड २० लाख रूपैयाँले कम हो । गतवर्ष मंसिरसम्म विकास बैंकहरूले हायर पर्चेजका लागि २० अर्ब ३७ करोड ९० लाख रूपैयाँ कर्जा प्रवाह गरेका थिए ।

गत वर्ष सरकारले विदेशी मुद्रा सञ्चितिलाई बढाउने भनेर सवारी साधनकै आयातमा रोक लगाएको थियो । यसका लागि राष्ट्र बैंकले समेत कडाई गर्न बैंकहरुलाई निर्देशन दिएको थियो । पछिल्लो समयमा यसलाई खुुकुलो बनाए पनि बैंकहरुमा पर्याप्त तरलताको अभाव रहेको थियो । यसले गर्दा कुनै ग्राहकले बैंकमा अटो लोनका लागि धाउदा रकम नै नपाउने अवस्था समेत थियो ।

पछिल्लो समयमा तरलता संकट केही समाधान भएको अवस्था छ । तर बैंकमा गाडी किन्नका लागि अटो लोन सहज रुपमा उपलब्ध हुने वातावरण भने छैन । बैंकहरुले भविष्यको बजार हेरेर र नियमित कार्यका लागि मात्र कर्जा उपलब्ध गराउने गरेका छन् । हाल बैंकहरुले अटो लोनका लागि उपलब्ध गराउने रकमकै अभाव छ भने यसमा सरकारको नीतिले पनि भूमिका खेलेको छ । विद्युतीय सवारीका लागि कर्जा पाउन केही सहज भए पनि सरल भने छैन ।

कुनै पनि सवारी साधन किन्नका लागि मानिसले अटो लोन लिनै पर्छ । पुरै रकम तिरेर सवारी साधन किन्ने मानिस कमै हुन्छन् । यो अवस्थामा अटो लोन नै नपाइने कारण हाल बजारमा स्टक रहेका गाडी समेत बिक्री हुन सकेका छैनन् ।

सम्बन्धित समाचारहरू

शुरुमा ८ लाख बुझाएर ७.३३ प्रतिशत ब्याजदरमा नेक्सन ईभी किन्न सकिने, एनएमबि बैंकले कर्जा दिने

शुरुमा ८ लाख बुझाएर ७.३३ प्रतिशत ब्याजदरमा नेक्सन ईभी किन्न सकिने, एनएमबि बैंकले कर्जा दिने

काठमाडौँ – टाटा मोटर्सको नेपालका लागि आधिकारिक बितरक सिप्रदी ट्रेडिङ...

विद्युतिय बस र माइक्रोबस खरिदका लागि कुमारी बैंकले आकर्षक ब्याजदरमा कर्जा दिने

विद्युतिय बस र माइक्रोबस खरिदका लागि कुमारी बैंकले आकर्षक ब्याजदरमा कर्जा दिने

काठमाडौं–कुमारी बैंकले दिगो विकास लक्ष्य हासिल गर्न र सार्वजनिक यातायात...

गाडी किन्ने योजना छ भने घट्दै छ अटो लोनको ब्याजदर

गाडी किन्ने योजना छ भने घट्दै छ अटो लोनको ब्याजदर

विभिन्न बैंकहरुले भदौ महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन् । यस...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...