ट्रायल दिदा आफ्नै सवारी साधन प्रयोग गर्न दिन सतर्कता केन्द्रको निर्देशन

काठमाडौं - राष्ट्रिय सर्तकता केन्द्रले चालक अनुमति पत्रको लागि लिइने परीक्षामा परीक्षार्थीले आफ्नो सवारी साधन प्रयोग गर्न पाउने स्पष्ट पारेको छ ।

प्रधानमन्त्री कार्यालय मातहत रहेको केन्द्रले आइतबार सात वटै प्रदेश सरकारसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग र काठमाडौं उपत्यका ट्राफिक कार्यालयलाई निर्देशन दिदैं सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षा (ट्रायल एक्जाम) को क्रममा परीक्षार्थीले आफ्नो सवारी साधन प्रयोग गर्न पाउने गरी व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ लगायत कुनै पनि नेपाल कानुनमा परीक्षार्थीले प्रशिक्षण केन्द्रकै सवारी साधन प्रयोग गर्नुपर्ने किसिमका बाध्यात्मक व्यवस्था उल्लेख भएको नदेखिएको हुँदा आम परीक्षार्थीहरुको गुनासो सम्बोधन गर्न ट्रायल दिने परीक्षार्थीहरुलाई स्वेच्छाले आफ्नो सवारी साधन प्रयोग गर्न दिन पाउने व्यवस्था मिलाउन र सोको कार्यान्वयनको जानकारी यस केन्द्रलाई उपलब्ध गराउन मिति २०८०।१०।०५ गतेको सचिवस्तरीय निर्णय बमोजिम भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३८ को (छ) अनुसार निर्देशन दिइएको व्यवहोरा अनुरोध छ,’ सतर्कता केन्द्रको पत्रमा लेखिएको छ ।

सम्बन्धित समाचारहरू

लाइसेन्सका लागि अनलाइन आवेदन गर्दा एउटै मोबाइल नम्बर प्रयोग गर्न अनुरोध (सूचना सहित)

लाइसेन्सका लागि अनलाइन आवेदन गर्दा एउटै मोबाइल नम्बर प्रयोग गर्न अनुरोध (सूचना सहित)

काठमाडौं – सवारी चालक अनुमति पत्रका लागि अनलाइन आवेदन भर्दा एउटै आवेदकले...

यातायात  कार्यालय एकान्तकुनामा आजदेखि अनलाइन सेवा सुरु, लामो लाइनमा वस्नु नपर्ने

यातायात कार्यालय एकान्तकुनामा आजदेखि अनलाइन सेवा सुरु, लामो लाइनमा वस्नु नपर्ने

काठमाडौं– सेवाग्राहीको सर्वाधिक भीड हुने यातायात व्यवस्था कार्यालय...

सरकारको कार्यसूची : लाइसेन्सका साथै पासपोर्ट र नागरिकता घर घरमै पु-याउने

सरकारको कार्यसूची : लाइसेन्सका साथै पासपोर्ट र नागरिकता घर घरमै पु-याउने

काठमाडौं – नवनियुक्त प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...