यस्तो छ बीवाईडी सीलको तीन भेरिएन्ट : ब्याट्री, मोटर, पावर र पर्फमेन्समा भिन्नता

बीवाइडीको प्रिमियम इलेक्ट्रिक सेडान सीलको नेपालमा बिक्री सुरु भएको छ । कुल तीनवटा भेरिएन्टमा उपलब्ध यसको सुरुवाती मूल्य १ करोड ५ लाख तोकिएको छ । भेरिएन्ट अनुसार यसमा मोटर, ब्याट्री र फिचर समेत फरक पाउन सकिन्छ ।

ब्याट्री र रेन्ज

सीलमा कम्पनीको आफ्नै ब्लेड ब्याट्री जडान गरिएको छ । यो नयाँ कारको डाइनामिक भेरिएन्टमा ६१.४ किलोवाट आवर क्षमताको ब्याट्री जडान गरिएको छ भने प्रिमियम र पर्फमेन्स भेरिएन्टमा ८२.५६ किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ । कारको रेन्ज क्रमशः ४६०, ५७० र ५२० किलोमिटर दावी गरिएको छ ।

मोटर र पावर

भेरिएन्ट अनुसार यसमा छुट्टाछुट्टै मोटर पाउन सकिन्छ । जस्तो, डाइनामिक भेरिएन्टमा १५० किलोवाट क्षमताको मोटर जडान गरिएको छ भने प्रिमियमा २३० किलोवाट र पर्फमेन्समा ३९० किलोवाट क्षमताको मोटर दिइएको छ । भेरिएन्ट अनुसार यसको पावर क्रमशः १३५, ३१२ र ५३० पीएस रहेको छ । साथै टर्क पनि क्रमशः ३१०, ३६० र ६७० एनएम रहेको छ । बीवाइडीले यसमा पीएमएसएम मोटर दिएको हो ।

पर्फमेन्स र विशेषता

१८० किलोमिटर प्रतिघण्टाको उच्च गतिमा हाँक्न सकिने यस कारको डाइनामिक र प्रिमियम भेरिएन्टमा रियल ह्विल ड्राइभ सिस्टम पाउन सकिन्छ भने पर्फमेन्स भेरिएन्टमा अल ह्विल ड्राइभ सिस्टम दिइएको छ । लक्जरी सेडान भएका कारण यसको ग्राउन्ड क्लिरियन्स भने जम्मा १५० एमएम मात्र छ ।

११ किलोवाटको चार्जर सपोर्ट गर्ने यो नयाँ कारलाई डिसी फास्ट चार्जरको साहयतामा जम्मा ३७ मिनेटभित्रै १० देखी ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । कारमा ४०० लिटरको बुट स्पेस पाउन सकिन्छ भने भेइकल–टु–लोड फिचर पनि उपलब्ध भएका कारण कारबाटै अन्य इलेक्ट्रोनिक सामान समेत चार्ज गर्न मिल्छ ।

महत्वपूर्ण फिचर

बीवाइडी सीलमा १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, सेलेक्ट गर्न मिल्ने ड्राइभ मोड अप्सन, १५.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम विथ एचयूडी, पीएम २.५ एयर फिल्टर, फ्ल्याट–बटम स्टेयरिङ ह्विल, ठूलो एसी भेन्ट, वायरलेस स्मार्टफोन चार्जरलगायत फिचर्स पाउन सकिन्छ । साथै यसमा ६ वटा एयर ब्याग, एविएस, ईबीडी, इएससी, ट्रयाक्सन कन्ट्रोल सिस्टम र एडास लगायत अन्य थुप्रै सेफ्टि फिचर राखिएको छ । यो नयाँ कारले यूरो एनक्यापको सेफ्टि टेष्टमा ५ स्टार रेटिङ पाएको छ ।

मूल्य

बीवाइडी गाडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले यसको डाइनामिक भेरिएन्टलाई १ करोड ५ लाख, प्रिमियमलाई १ करोड ३९ लाख र पर्फमेन्स भेरिएन्टलाई १ करोड ८५ लाख निर्धारण गरेको छ । यो कारले नेपाली बजारमा टेस्ला, किया ईभी६ र हुन्डाई आयोनिक ५ संग प्रतिस्पर्धा गर्ने देखिन्छ ।

सम्बन्धित समाचारहरू

ब्याट्री साइज, रेन्ज र मूल्य घटेर आयो बीवाइडी डल्फिनको ईन्ट्रि लेबल भेरिएन्ट

ब्याट्री साइज, रेन्ज र मूल्य घटेर आयो बीवाइडी डल्फिनको ईन्ट्रि लेबल भेरिएन्ट

बीवाइडी डल्फिनको अनर एडिसन चीनमा लन्च भएको छ । सो नयाँ एडिसनमा कम्पनीले ३२...

बीवाईडी सिलायन ७ को बिक्री प्रारम्भ, मूल्य र फिचर यस्तो

बीवाईडी सिलायन ७ को बिक्री प्रारम्भ, मूल्य र फिचर यस्तो

काठमाडौं – बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले बीवाईडी सिलायन ७...

भूकम्प प्रभावितका लागि बीवाईडीको सहायता कोष, डल्फिन र एट्टो–३ वुक गर्दा रकम जम्मा हुने

भूकम्प प्रभावितका लागि बीवाईडीको सहायता कोष, डल्फिन र एट्टो–३ वुक गर्दा रकम जम्मा हुने

काठमाडौं– बीवाईडी गाडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...