नेपालमा लन्च भयो अर्को दमदार ईभी बीवाईडी सिल, तीन भेरिएन्टमा उपलब्ध

काठमाडौं – बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले नेपाली बजारमा बीवाईडी सिल सेडान भित्र्याएको छ ।

नेपाली बजारमा सो इलेक्ट्रिक सेडान डाइनामिक, प्रिमियम र पर्फमेन्स गरी तीन भेरिएन्टमा उपलब्ध भएको छ । बीवाईडी सिल डाइनामिकमा ६१.४४ किलोवाट आवरको ब्याट्री र १५० किलोवाटको मोटर रहेको यसले सिंगल चार्जमा ४६० किलोमिटर (डब्ल्युएलटीसी) रेन्ज दिने कम्पनीको भनाइ छ ।

बीवाईडी सिल प्रिमियम र पर्फमेन्स दुवैमा ८२.५६ किलोवाट आवरको ब्याट्री छ भने क्रमशः २३० किलोवाट र ३९० किलोवाटको मोटर छ । यी दुई गाडीमा भएको ब्याट्रीले क्रमशः ५७० र ५२० किलोमिटर (डब्ल्युएलटीसी) रेन्ज दिने बताइएको छ ।

यी तीन भेरिएन्टको मूल्य क्रमशः १ करोड ५ लाख, १ करोड ३९ लाख र १ करोड ८५ लाख रुपैयाँ तोकिएको छ । बीवाईडी सिलका विभिन्न भेरिएन्ट अनुसार केही फरक विशेषता पाउन सकिन्छ । यसमा सार्प हेडल्याम्प क्लस्टर, स्मार्ट डोर ह्यान्डल, वाइड लोअर एयर इन्टेकसहितको एग्रेसिभ बम्पर, फर्वार्ड डिपिङ बनोट, स्पोर्टी अलोय ह्विल, सर्ट ओभर ह्यांग्स, बुमराङ आकारको एलईडी डीआरएल लाइटलगायत फिचर्स छन्।

१०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, सेलेक्ट गर्न मिल्ने ड्राइभ मोड अप्सन, १५.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम विथ एचयूडी, फ्ल्याट–बटम स्टेयरिङ ह्विल, ठूलो एसी भेन्ट, वायरलेस स्मार्टफोन चार्जरलगायत फिचर्स पाउन सकिन्छ।

यसमा बीवाईडीको लोकप्रिय मानिने ब्लेड ब्याट्री रहेको छ । त्यसैगरी सुरक्षा र अन्य विभिन्न फिचर समेत रहेका छन् ।

सम्बन्धित समाचारहरू

सीजी मोटर्स र टीटी ग्लोबलले हस्तान्तरण गरे पृथ्वी राजमार्ग बस सञ्चालकलाई फास्ट चार्जर

सीजी मोटर्स र टीटी ग्लोबलले हस्तान्तरण गरे पृथ्वी राजमार्ग बस सञ्चालकलाई फास्ट चार्जर

काठमाडौं – नेपालमा केवाईसी, किङलङ, नेटा, दायुन, रिडारा, एक्सपेङ, जीएसी,...

गिली र भल्वोको सहायक कम्पनी लिंकको ५१ प्रतिशत सेयर जिकरले लिने

गिली र भल्वोको सहायक कम्पनी लिंकको ५१ प्रतिशत सेयर जिकरले लिने

चाइनिज प्रिमियम ईभी निर्माता कम्पनी जिकरले गिली र भल्वोको सहायक कम्पनी...

नाडा अटो शो २०२४ : कम मूल्यको ओमोडा ई५ उपलब्ध हुने

नाडा अटो शो २०२४ : कम मूल्यको ओमोडा ई५ उपलब्ध हुने

काठमाडौं – आगामी भाद्र ११ देखि प्रारम्भ हुने नाडा अटो शो २०२४ मा ओमोडा ई५ को...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...