अप्रिलिया स्कुटरको राइड कार्यक्रम सम्पन्न, राइडरले मन पराए स्कुटरको पर्फमेन्स

काठमाडौं – अप्रिलिया एसआर १६० को बीएस ६ भर्सन स्कुटरको राइड कार्यक्रम सम्पन्न भएको छ । गत पुस २८ गते सो राइड सम्पन्न भएको हो ।

अप्रिलियाको नेपालका लागि आधिकारिक बिक्रेता डेल्टा अटोकर्पले आयोजना गरेको सो राइड अप्रिलियाको टेकु शोरुमबाट प्रारम्भ भएर पर्यटकीय क्षेत्र नगरकोट सम्म पुगेको थियो ।

राइडमा युवाहरुको आकर्षण देखिएको कम्पनीका निर्देशक एवं सीईओ विजय महतोले जानकारी दिए । ग्राहकलाई एकै ठाउँमा जोडेर आत्मियता बढाउन राइड आयोजना गरिएको उनले बताए । भने, ‘ग्राहकबीच अन्तरक्रिया गराउने, भेइकलको पर्फमेन्स र रिभ्यु गर्ने लक्ष्य सहित राइड आयोजना गरिएको हो ।’ राइड कार्यक्रम उत्साहपूर्ण रुपमा सफल भएको उनले बताए ।

राइडमा सहभागी हुन पाउँदा खुसी लागेको राइडरहरुले बताए । आफूलाई अप्रिलिया स्कुटर र यसको फिचर मन पर्ने उनीहरुको भनाइ थियो ।

एफआई सहितको बीएस ६ इन्जिन र एबीएस फिचर रहेको अप्रिलिया एसआर १६० एकदमै पावरफुल हुनुका साथै धेरै माइलेज दिएको राइडरहरुले बताए ।

राइडमा सहभागीहरुबीच विभिन्न मनोरञ्जनात्मक खेल गतिविधि तथा प्रतियोगिताहरुको आयोजना गरिएको कम्पनीको भनाइ छ । अप्रिलिया प्रिमियम प्रोडक्ट भएको र यसको वारेमा थप जानकारी गराउन पनि यसबाट सहयोग पुगेको बताइएको छ ।

पहिले पनि यस प्रकारका राइड कार्यक्रम आयोजना गरिएको र आगामी दिनमा समेत गर्दै जाने निर्देशक एवं सीईओ महतोले बताए ।

सम्बन्धित समाचारहरू

भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्पमा ओईएम पार्टनरको रुपमा गल्फ लुब्रिकेन्ट

भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्पमा ओईएम पार्टनरको रुपमा गल्फ लुब्रिकेन्ट

काठमाडौं – नेपालमा गल्फ लुब्रिकेन्टको उत्पादन र वितरण गर्ने गल्फ...

भेष्पा र अप्रिलियाको बिक्री बढाउन डेल्टा अटोकर्पले माग्यो १३ स्थानमा नयाँ डिलर

भेष्पा र अप्रिलियाको बिक्री बढाउन डेल्टा अटोकर्पले माग्यो १३ स्थानमा नयाँ डिलर

काठमाडौं– भेष्पा र अप्रिलियाको नेपालका लागी आधिकारिक वितरक डेल्टा...

१२५ सीसीमा आयो अप्रिलिया एसएक्सआर, सुजकी बर्गम्यानसँग प्रतिस्पर्धा हुने

१२५ सीसीमा आयो अप्रिलिया एसएक्सआर, सुजकी बर्गम्यानसँग प्रतिस्पर्धा हुने

पियाजियोले भारतमा नयाँ अप्रिलिया एसएक्सआर १२५ म्याक्सी स्कुटर लन्च गरेको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...