नेपाल सहित विभिन्न देशका २०० जना रोयल इन्फिल्ड राइडर मनाङ यात्रामा जाँदै

काठमाडौं– नेपाल, भारत, भुटान र अष्ट्रेलिया लगायत विभिन्न देशका रोयल इन्फिल्ड राइडर मनाङ यात्रामा जाने भएका छन् ।

फागुन २५ देखी २८ गतेसम्म चल्ने उक्त राइडमा २०० हाराहारी राइडर सहभागी हुने आयोजक संस्था काठमान्डु लेजेन्ड्सले जनाएको छ । ‘मनाङ म्यानिया’ नामले आयोजना हुन लागेको सो कार्यक्रममार्फत उक्त क्षेत्रको पर्यटन प्रबद्र्धनमा थप टेवा पुग्ने विश्वास लिइएको छ ।

कार्यक्रममा नेपालका विभिन्न जिल्ला, भारतका विभिन्न राज्य, भुटान र अस्ट्रेलिया लगायत देशबाट रोयल इन्फिल्ड मोटरसाइकल राइडर सहभागी हुने काठमाडौं लेजेन्ड्सका अध्यक्ष रमेश अवालेले जानकारी गराए ।

उनका अनुसार राइडरहरुले स्थानीय रमणीय स्थलहरुको पदयात्रा, विभिन्न स्थानीय सांस्कृतिक कार्यक्रमहरु, स्थानीय खानाका परिकारहरु र विभिन्न खेलहरुको मज्जा लिनेछन् ।

रोयल इन्फिल्ड नेपाल प्रमुख प्रायोजक रहने सो कार्यक्रममा कवच गियर, गल्फ ल्युब, सेटाफिल र फिल्ली क्याफे लगायत कम्पनीहरुको सहयोग रहनेछ । कार्यक्रममा स्थानीय युवाहरु र स्थानीय निकाय लागयत विभिन्न संघ संस्थाहरुको समेत सहभागिता रहनेछ ।

सम्बन्धित समाचारहरू

१६ दिनपछि सार्बजनिक हुँदै रोयल इन्फिल्डको नयाँ मोटरसाइकल

१६ दिनपछि सार्बजनिक हुँदै रोयल इन्फिल्डको नयाँ मोटरसाइकल

रोयल इन्फिल्डले १६ दिनपछि अर्थात जुलाई १७ मा नयाँ मोटरसाइकल गुरिल्ला ४५०...

रोयल इन्फिल्डले देखायो एसजी ६५० कन्सेप्ट

रोयल इन्फिल्डले देखायो एसजी ६५० कन्सेप्ट

रोयल इन्फिल्डले इटालीमा जारी अन्तर्राष्ट्रिय मोटरसाइकल शो ईआईसीएमएमा...

रारा पुग्ने नेपालमै एसेम्बल भएको पहिलो बाइक बन्यो रोयल इन्फिल्ड स्क्राम ४११

रारा पुग्ने नेपालमै एसेम्बल भएको पहिलो बाइक बन्यो रोयल इन्फिल्ड स्क्राम ४११

काठमाडौं – हालै सार्वजनिक गरिएको रोयल इन्फिल्डको नयाँ मोटरसाइकल स्क्राम...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...